Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

इन्धन अभावमा अस्पतालको सेवा प्रभावित

\"Hospital-Ayurveda\"भक्तपुर । इन्धन अभावले जिल्लाका अस्पतालको सेवा प्रभावित बनेको छ भने रगत अभाव चुलिएको छ । भक्तपुरका सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पताल, मिर्गौला प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताललगायतका सेवा प्रभावित भएको छ । मिर्गौला प्रत्यारोपण केन्द्रका कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठका अनुसार इन्धन अभावले अस्पतालको सेवा सञ्चालनमा नराम्रोसँग प्रभावित भएको बताए । उनले इन्धन अभावकै कारण चिकित्सक समयमा आउन नसक्ने, औषधिजन्य सामग्री आयात हुन नसकेको र बिरामीसमेत समयमा आउन नसकेपछि केन्द्रले सेवाको समयसमेत कटौती गरेको बताए । उनले भने, केन्द्रले दिँदै आएको डाइलाइसिस सेवा एक बिरामीलाई सातामा तीनपटक चार घन्टाका दरले सेवा दिनुपर्ने हो तर अहिले कटौती गरेर तीन घन्टा मात्रै दिने गरेका छौँ ।’ पहिले दैनिक चारपटक समेत केन्द्रको यातायात सञ्चालन हुने गरेकोमा अहिले राति मात्रै सो सेवा दिएको बताउँदै उनले केन्द्रका डाक्टरले समेत बाध्य भएर छुट्टी लिएर पालो गरेर बस्नुपर्ने समस्या आएको बताए । बिरामीलाई प्रयोग गर्ने औषधिजन्य प्राविधिक सामान मौज्दात सकिएपछि प्रयोग भइसकेका सामानलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा ल्याउनुपर्ने अवस्था आएको श्रेष्ठले बताए  । भक्तपुर अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले इन्धन अभाव भएपछि नियमित काम समयतालिका मिलाएर सञ्चालन भएपनि इन्धन अभावको समस्या समाधान नभए अस्पतालसम्म डाक्टर आउन नसक्ने अवस्था आउने भएको बताए । इन्धन अभावमा जेनेरेटर सञ्चालनमा समेत समस्या आएको बताए । इन्धन अभावले रगतको समेत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले ताजा रगत दिनेको अभाव भएपछि रगत सङ्कलनमा समस्या आएको बताए । थापाले भने , ‘इन्धन अभाव हुँदा नियमित रुपमा ताजा रगत दिने दाताहरु आउन नसक्दा बिरामीलाई माग अनुसारको रगत दिन सकिएको छैन, रगतको कम्पोनेन्ट बनाउनसमेत समस्या भएको छ ।’ रगत सङ्कलनका लागि रेडक्रसका स्वयंसेवकलाई फिल्डमा खटाउन गएको भएपनि इन्धन अभावका कारण फिल्डमा स्वयंसेवक परिचालनसमेत गर्न नसकेको बताए । दैनिक रुपमा रगतको कम्पोनेन्ट आवश्यक हुने गरे पनि जटिल शल्यक्रिया गरेर रगत लिन आउनेलाई समेत रगत दिन समस्या परेको उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy