Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भारतको बिदेश नीति भन्दा फरक भारतीय जनता

\"bhairahawa\" भैरहवा । अघोषित नाकाबन्दीको मारमा परेका नेपालीलाई अहिले सीमा क्षेत्रका भारतीय नागरिकले सक्दो सहयोग गरिरहेका छन् ।

अत्यावश्यकीयदेखि दैनिक उपभोग्य वस्तुसमेत भारतबाट आउन नसकेको अवस्थामा सीमाक्षेत्रका भारतीय नागरिकबाट सहयोग भने निरन्तर भइरहेको छ । मुख्य नाका वीरगन्जमा आन्दोलनकारीको अवरोध छ भने अन्य नाकाबाट आपूर्ति अवरोध भइरहेको छ ।

चाडबाडको अवसरमा पनि भारतीय नागरिकले नेपालीलाई सकेको सहयोग गरेको देखिन्छ । सीमा क्षेत्रमा जनस्तरमा आत्मीयता र भाइचारा देखिएको छ ।

मुख्य नाकामा भारतीय सुरक्षाकर्मीले विभिन्न बहाना बनाएर मालवाहक सवारी साधन नेपाल प्रवेशमा रोक लगाउँदा सीमापारिका स्थानीय जनताले भने नेपालीलाई चाहिने इन्धनलगायतका अत्यावश्यक सामान खेतको बाटो हुँदै नेपालीलाई पु¥याइदिने गरेको दृश्य सीमाक्षेत्र बेलहिया आसपास प्रशस्तै देख्न सकिन्छ ।

लुम्बिनी अञ्चलका सबै जिल्लामा अहिले नाकाबन्दी हुँदा पनि इन्धन सङ्कट खासै देखिँदैन । भारतमा रहेका आफन्त, इष्टमित्र र साथीभाइको सहयोगले गर्दा यहाँ प्रभाव कम परेको जानकारहरु बताउँछन् ।

सीमाक्षेत्रमा रहेर डेढ दशकदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार मनोरञ्जन शर्माले नेपाल–भारतबीच सरकारी स्तरमा जे–जस्तो समस्या आएपनि जनस्तरमा यसको प्रभाव नहुने भन्दै अहिले भारत सरकारले नेपालमा कम मात्रै इन्धन आपूर्ति गरेपनि भारतीय जनताले दैनिक हजारौं लिटर पेट्रोल, डिजेल र अन्य सामान खेतको बाटो बोकेरै नेपालीसमक्ष पु¥याउँदै आएको बताए ।

बेलहिया गाउँ समाजका निवर्तमान अध्यक्ष तथा स्थानीय समाजसेवी सुरेन्द्र क्षेत्रीले पनि भारत सरकारले नेपालमा पार्न खोजेको इन्धन सङ्कट भारतीय जनताबाट तोडिएको बताए । भन्सार आसपासका दशगजा क्षेत्रमा भारतका पेट्रोल पम्पबाट ग्यालेनमा इन्धन भरी भारतीय जनताले नै नेपालसम्म पु¥याइदिने गरेको उनि बताउँछन् ।

भारतको नौतनवाका स्थानीय व्यापारी अहमद खानले सीमाक्षेत्रमा रहेका नेपाली साथीभाइका लागि दैनिक एक हजार २०० देखि एक हजार ५०० लि सम्म पेट्रोल र डिजल खेतको मेडी हुँदै कहिले बोकेर र कहिले मोटरसाइकल राखेर पु¥याइदिने गरेको बताए ।

उनी भन्छन् “मेरा भारतमा जति साथीभाइ, आफन्त छन् नेपालमा पनि उत्तिनै छन् । उनीहरुको समस्यामा सहयोग गर्नु मेरो कर्तव्य हो । मैले मात्र नभएर भारतको सीमाक्षेत्रमा रहेका अधिकांशले नेपालमा रहेका इष्टमित्रका लागि चाहिने इन्धनदेखि खाद्यान्न र औषधिसमेत पु¥याइदिने गरेका छन् ।

इन्धन अभावका कारण नेपालमा सञ्चालन रहेका ठूला उद्योग र बहुप्रतिष्ठित परियोजना सहजरुपमा सञ्चालन गर्न समस्या छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending