काठमाडौं । नयाँ सरकार गठन भएको झण्डै एक महिना पछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद विस्तारसँगै एमाले भित्र असन्तुष्टि चुलिएको छ । माधव नेपाल पक्षका मात्रै होइन, ओली पक्षकै नेताहरु पनि रुष्ट छन् ।
विहीबार सरकारमा समावेश हुने थप मन्त्रीबारे छलफल गर्न ओलीले माधवकुमार नेपालसँग छलफल गरेका थिए । छलफलमा दिइएको सुझाव ओलीले कार्यान्वयन नगरेको भन्दै नेपाल पक्ष रुष्ट छ ।
एमाले स्रोतका अनुसार माधव नेपाल पक्षका पशुपति चौलागाईंलाई मन्त्री बनाउने आश्वासन दिएर ओलीले आनन्द पोखरेललाई मन्त्री बनाएका छन् । पोख्रेलले विहीबार पर्यटन मन्त्रीको रुपमा सपथ लिएका छन् । पोखरेल एमालेको आठौं र नवौं दुईवटै महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव हारेका व्यक्ति हुन् ।
रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, श्रीमाया थकाली, प्रेम आलेलगायत पनि मन्त्री बन्ने चर्चामा रहे पनि उनीहरुमध्ये कसैलाई मन्त्री नबनाइएकोमा एमालेभित्र असन्तुष्टि छ । आफूलाई मन्त्री नबनाएर अग्नि खरेललाई कानुन मन्त्री बनाइएको भन्दै ओली पक्षका नेता दीपक कार्की यस अघिदेखि नै रुष्ट छन् ।
मधेसलाई बेवास्ता ?
मधेसी समुदायकालाई मन्त्री नबनाएको आरोप पनि ओलीमाथि लागेको छ । एमाले स्रोतका अनुसार मधेसबाट मन्त्री बन्नेहरुमा शत्रुघन महतो, नागेन्द्र चौधरीलगायतको नाम चर्चामा थियो । तर, दुबै परेनन् । ओलीले मधेसी समुदायलाई महत्व नदिँदा तराई मधेसमा संगठन विस्तारको योजना संकटमा परेको असन्तुष्ट नेताहरुको बुझाइ छ ।
नेपाल पक्षका एक नेताले भने, ‘न मधेसलाई समेटियो, न सन्तुलन मिलाइयो । विश्वेन्द्र पासवानलाई मन्त्री बनाउने तर एमालेकै मधेसी नेतालाई स्थान नदिनुले मधेसमा एमालेलाई थप कमजोर बनाउन सक्छ । ’
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीका बैठकहरुमा दिइएका सुझाव कार्यान्वयन नगरेको गुनासो गरे ।
सचिव भट्टराईले भने, ‘विहीबारको मन्त्रिपरिषद विस्तारले उहाँ (ओली)माथिको आशंका अझै टरेन । अब कसरी सन्तुलन मिलाउनु हुन्छ, हेर्न बाँकी छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: