Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

संविधान संशोधनको प्रस्ताव अविलम्ब पारित गराउन काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो नेतृत्वको सरकारले संसदमा दर्ता गराएको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संविधान संशोधनको प्रस्ताव अविलम्ब पारित गराउन सरकारसँग माग गरेको छ ।

\"Nepaliकेन्द्रीय समिति बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै काँग्रेसले मधेस केन्द्रित दलहरुको आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीर ढङ्गबाट वार्ता प्रक्रियालाई निर्णयमा पुर्याउन सरकारलाई आह्वान गर्दै सो प्रयोजनका लागि संसदभित्र र बाहिर सर्वदलीय सहमति खोज्ने निर्णय गरेको पार्टीका मुखय सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

संविधान संशोधन प्रस्ताव पारित गराउन संसदभित्र र बाहिर प्रभावकारी र दबाबमूलक भूमिका खेल्ने समेत बैठकले निर्णय गरेको छ । संविधान संशोधनको प्रस्तावका पक्षमा जनमत निर्माण गर्न पार्टीका सबै जिल्ला, क्षेत्र, गाउँ र नगर समितिलाई जनमत निर्माण अभियान सञ्चालन गर्न निर्देश पनि दिएको छ ।

बैठकले वर्तमान सरकारले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण प्रयोजनका लागि कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठनसम्बन्धी विधेयकलाई अल्मल्याउने षड्यन्त्र गरेको आरोप लगाउँदै सो विधेयक तत्काल पारित गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

बैठकले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरिएकाले चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिन आग्रह गर्दै कार्यकर्ता र शुभचिन्तकलाई कुनै पनि अफवाहबाट प्रभावित नभई उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेको छ ।

बिहीबारको बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव तथा केन्द्रीय सदस्य महेश आचार्य, मीना पाण्डे, उमाकान्त चौधरी, कविताकुमारी सरदार बाँतर, मीना सुब्बा, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य नारायण कोइरालाले आआफ्नो धारणा राखेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy