काठमाडौं । वीरगञ्जमा नेपाली सुरक्षाकर्मीको गोली लागेर आफ्नो नागरिक मारिएको घटनाको विस्तृत अनुसन्धान रिपोर्ट भारतले मागेको छ ।
यही कात्तिक १६ गते मधेसी मोर्चाको आन्दोलनमा सहभागी भारत रक्सौलका २४ वर्षिय आशिष कुमार रामको प्रहरी गोली लागेर मृत्यु भएको थियो । प्रहरीलाई ढुंगा हान्दै गरेको अवस्थामा गोली लागेको भिडियो फुटेजसमेत सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ ।
सोही घटनाको विस्तृत रिपोर्ट भारतले नेपालसँग मागेको हो । मृतकले प्रहरीलाई ढुंगा हानेको भनेर आएको भिडियोको पनि अनुसन्धान गर्ने उसले बताएको छ ।
भारतीय विदेश मन्त्रालयका विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने, ‘हाम्रो नेपालस्थित दूतावासले नेपाल सरकारसँग अनुसन्धान रिपोर्ट मागेको छ, त्यो नआउँदासम्म पर्खौं । भिडियो पनि अनुसन्धानको भाग हुनसक्छ ।’
प्रहरी र स्थानीय प्रशासनले प्रहरी चौकीमा भएको आगजनी र ढुंगामुढाका क्रममा जवाफी कारवाही गर्दा रामको मृत्यु भएको बताउँदै आएको छ । तर, मधेसी मोर्चा र मृतकका आफन्तले भने उनी नेपालस्थित मामा घरमा आएको र आन्दोलन गर्ने क्रममा गोली लागेको बताएका छन् ।
नाकाबन्दीको कुरा अन्तराष्ट्रियकरण
नियमित पत्रकार सम्मेलनका प्रवक्ता स्वरुपले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालले नाकाबन्दीको कुरा उठाएकाले अब दुईको देशको विषय अन्तराष्ट्रियकरण भएको उनले स्वीरकार गरे । तर भारतको धारणामा कुनै परिर्वतन नभएको उनले स्पष्ट पारे ।
नेपालको अहिलेको समस्या राजनीतिक भएको र त्यसको समाधान पनि राजनीतिकरुपमा नै खोज्नुपर्ने दोहोर्याएका छन् । भारतले कुनै नाकाबन्दी नगरेको दाबी गर्दै उनले आफ्नो देशबाट सवारी साधनहरु नेपाल पठाउन पहल भइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: