Khabar Dabali २४ मंसिर २०८१ सोमबार | 9th December, 2024 Mon
Investment bank

चितवनमा छब्बीस जनामा डेङ्गु देखियो

\"dangu\"चितवन । यस आर्थिक वर्षको तीन महिनामा चितवनमा २६ जनामा डेङ्गु रोग देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको डेङ्गु तथा चिकनगुनिया रोग नियन्त्रणसम्बन्धी लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा सो जानकारी दिइएको हो । सो अवसरमा दिइएको जानकारी अनुसार ४५३ जनाको रक्त परीक्षण गर्दा २६ जनामा डेंगु भेटिएको हो । भरतपुर अस्पतालमा आएका बिरामीमध्ये २० जनामा र चितवन मेडिकल कलेज आएकामध्ये छ जनामा डेङ्गु भेटिएको हो । साउन महिनामा दुई, भदौमा पाँच र असोजमा १९ जनामा डेङ्गु भेटिएको हो । जसमध्ये सबैभन्दा बढी २० जना चितवनका रहेका छन् । कार्यालयका भेक्टर कन्टोल निरीक्षक राम केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७७० को रक्त परीक्षण गरिएकामा ११९ र आर्थिक वर्ष २०७०÷७१ मा दुई हजार २६१ जनाको रक्त परीक्षण गरिएकामा ३७१ जनामा डेङ्गु भेटिएको थियो । चितवनमा २०६७÷६८ मा सबैभन्दा बढी ७२९ जनामा डेङ्गु देखापर्दा उपचारका क्रममा पाँचजनाको मृत्युसमेत भएको केसीले बताए । महामारीका रुपमा डेङ्गु देखापरेपछि त्यस वर्ष तीन हजार २९८ जनाको रक्त परीक्षण गरिएको उनले बताए । कार्यक्रममा डेङ्गु रोगको परिचय, रोकथाम तथा नियन्त्रणका उपायका बारेमा छलफल गरिएको थियो भने डेङ्गु रोगको विगत र वर्तमानको अवस्थाका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा कार्यालयका निमित्त प्रमुख नरहरि शर्मा चापागाईंले लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानको कार्ययोजना तयार गरिएको बताए । डेङ्गु भेक्टर सर्वे गर्ने तरिका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको थियो । जिल्लाको भरतपुर उपमहानगरपालिका, रत्ननगर, माडी, खैरहनी, कालिका नगरपालिका बढी डेङ्गुको जोखिममा रहेको क्षेत्र हो । कार्यक्रममा राजनीतिक दल, विभिन्न कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता थियो । खोज र नष्ट गर अभियान जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यही कात्तिक २२ देखि २४ गतेसम्म प्रभावित क्षेत्रमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ । भरतपुर उपमहानगरपालिका–१ देखि १४ सम्म प्रथम चरणमा अभियान सञ्चालन गर्न लागिएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए । लामो समयसम्म पानी जम्ने भाँडा, टायर, प्लास्टिकका भाँडा, टिनका डब्बा, ड्रम आदिमा लामखुट्टेले फूल पार्ने हुँदा त्यस्ता पानी जम्ने ठाउँ नष्ट गरिनेछ । डेङ्गु ज्वरो एक प्रकारको भाइरल रोग हो जुन एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy