Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मधेसीले ओलीलाई ‘शत्रु’ ठानेपछि प्रचण्ड ‘सक्रिय’

\"Prachanda-Mahantha-thakur\"काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि तराई मधेस असन्तुष्ट भई आन्दोलनमा होमिरहेका बेला मधेसकेन्द्रित दलहरुलाई सहमतिमा ल्याउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रसरता लिएका छन् । सरकार गठनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेको प्रचण्डले मधेसी नेतासँग सार्थक वार्ताको लागि अग्रसरता लिंदै भेटघाट थालेका छन् ।   प्रचण्ड बुधबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न भक्तपुरस्थित उनकै निवास पुगेका थिए । भेटका क्रममा लामो समयदेखि तराई मधेस अशान्त हुँदै जनजीवन कष्टकर भएको भन्दै छिट्टै निकास निकाल्ने गरी सहमतिमा पुग्न सकिन गरी सार्थक वार्ता गर्नुपर्ने विषयमा छलफल भएको थियो । यस अघि भएका वार्ता पनि प्रभावकारी बन्न नसकेको भन्दै ठाकुरले सार्थक वार्ताको वातावरण बनाउन अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । प्रचण्डले पनि वार्ता र संवादमै जोड दिंदै लामो समय अन्यौल राख्न नहुने बताएको प्रचण्ड निकट स्रोतको भनाई छ ।   यस अघि जस्तै मधेस केन्द्रित दलहरु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकै कारण वातावरण बिग्रिएको भन्दै वातावरण निर्माणको लागि प्रचण्डले भूमिका खेल्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री निर्वाचनको ओलीविरुद्ध भोट हाल्न तयार हुनुको कारण पनि ओलीविरुद्ध नै भएको मधेस केन्द्रित दलका नेताहरुले सगर्व बताउने गरेका छन् । ओली प्रधानमन्त्रीमा पराजित भएको भए मधेसीको आन्दोलनमा मलहमको लगाएको जस्तै हुने अभिव्यक्ति मधेस केन्द्रित दलका नेताले दिएपछिबाट पनि ओलीसँगको उनीहरुको कटुता छर्लङग हुन्छ । यस्तोमो सहजीकरण गर्ने व्यक्तिका रुपमा उनीहरुले प्रचण्डलाई देखेका हुन् ।   वार्ता गर्नका लागि उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा समिति बनेपछि वार्ता सार्थक हुन सकेको छैन । वार्ता टोली बनेपछि समितिले पत्र पठाएर औपचारिक वार्ताको प्रयास गरे पनि त्यो सार्थक हुन सकेन । यतिखेर त वार्ता टोलीका संयोजक थापा जेनेभामा छन् । थापा जेनेभामा भएकै बेला प्रचण्डले अग्रसरता लिईं प्रयास थालेका हुन् ।   मधसी नेताहरु महन्थ ठाकुर, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, उपेन्द्र यादव, राजेन्द्र महतोहरुले ओलीको तीखो र तितो बोलीले वातावरण बिग्रेको र मधेसमा असन्तुष्टी रहेको बताउँदै आएका छन् । सोहीकारण सहजीकरणको भूमिका खेल्दै वातावरण बनाउन उनीहरुले एमाओवादी अध्यक्ष प्रचण्डसँग औपचारिक अनौपचारिक छलफल गर्दै आएको बुझिएको छ ।   प्रचण्डले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि टेलिफोनमा संवाद गरेका छन् । संवादमा गतिरोध अन्त्यका लागि कुराकानी भएको बुझिएको छ ।   दलबीच समावेशी समानुपातिकको विषय र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने विषयमा अघि बढेको विधयेकलाई पारित गराउने विषयमा औपचारिक अनौपचारिक छलफल भइरहेको छ । २२ कात्तिकदेखि सुरु हुने संसद बैठकमा संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि विधयेक पारित गराउन सशक्त भूमिका खेल्ने निर्णय गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy