काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आउँदो २२ गते बस्ने संसद बैठक अबरुद्ध पार्ने तयारी गरेको छ । संविधान संशोधन विधेयकलाई लिएर तराई मधेसका सांसदहरुले दिएको दबावअनुसार कांग्रेसले संसद बैठक अबरुद्ध पार्ने तयारी गरेको हो ।
तराई मधेसका माग सम्वोधन गर्न कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले पेश गरेको संविधान संशोधन विधेयक पारित गराउन कांग्रेसका सांसदहरुले दबाव दिँदै आएका छन् ।
तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरु डा. अमरेशकुमार सिंह, अमियकुमार यादव, डा. चन्द्रमोहन यादव, सीतादेवी यादव, सीताराम महतो, रामअयोध्याप्रसाद यादव, तेजुलाल चौधरी, प्रेमकिशोर प्रसाद साह, राजेन्द्र अमात्य, सुरेन्द्रप्रसाद यादव, मोख्तार अहमद, रामचन्द्र यादव, रामकृष्ण यादव, पुष्कर आचार्य, सीताराम भण्डारी, डा. गणेश मण्डल सहित २१ जना सांसदले पार्टी सभापति कोइरालालाई संसद अबरुद्ध पार्न अनुमति मागेका छन् ।
कांग्रेस केन्द्रीय कार्य समिति बैठकले पनि संशोधन विधेयक पारित गराउन दबावमूलक भूमिका खेल्ने निर्णय गरिसकेको छ । कांग्रेस सचेतक ईश्वरी न्यौपानेले संविधान संशोधन विधेयकलाई पारित गराउन सरकारले तयारी नगरेकाले कडाइका साथ प्रस्तुत हुने बताइन् ।
‘संविधान संशोधन विधेयक हाम्रो प्राथमिकता हो । तर वर्तमान सरकारले चासो देखाएको छैन । हामी कडाइका साथ अघि बढ्छौं,’ न्यौपानेले भनिन् ।
कांग्रेस सांसद रामकृष्ण यादवले तराई मधेसका २१ सांसदले २२ गतेकै बैठकमा रोष्टम घेराउ गर्ने बताए । ‘पार्टीले पनि संविधान संशोधन विधेयकलाई जोड दिएकाले यो पार्टीकै कार्यक्रम हुन्छ,’ उनले भने, ‘धेरै पटक संसदको बैठक बसिसक्यो तर, विधेयक आएन । अब रोष्टम घेर्ने हाम्रो तयारी छ ।’
कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले अन्तिम समयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । त्यसमा समानुपातिक समावेशी र हाल कायम जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख छ । तर, केपी ओली नेतृत्वको वर्तमान सरकारले भने विधेयक अघि बढाउने संकेत गरेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: