Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आन्तरिक हवाई उडानमा समस्या आउँदैन : निगम

काठमाडौं । नेपाल वायु सेवा निगमले भारतको कोलकाताबाट हवाइ इन्धन आयात गरिरहेकाले आन्तरिक उडानमा समस्या नहुने भएको छ । निगमले दैनिक दुई उडान गरेर ४० टन इन्धन आयात गरिरहेको छ । भारतको कोलकाताबाट आयात गरेको इन्धन आन्तरिक उडानका लागि प्रयोग भइरहेको छ ।

\"Tribhubanनिगमका प्रवक्ता रामहरि शर्माले केही स्थानको उडान कटौती गरेर भए पनि आन्तरिक उडान चालु राख्ने बताए । प्रवक्ता शर्माले हवाइ इन्धन सोचेजति आयात नभए पनि केही दिनका लागि आन्तरिक उडान प्रभावित नहुने बताए ।

निगमले हालसम्म भारतबाट सात लाख लिटरभन्दा बढी इन्धन आयात गरेको प्रवक्ता शर्माको भनाइ छ । नेपाल वायु सेवा निगमले दैनिक चार उडान गरेर भए पनि इन्धन आयात गर्ने जनाएको छ ।

नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाले ५० प्रतिशत उडान कटौती गर्न आन्तरिक विमान सञ्चालकसँग आग्रह गरेको थियो ।

आइतबारबाट आन्तरिक उडान कटौती हुँदा अनलाइनमा टिकट काटेका यात्रु मर्कामा पर्ने भन्दै निर्णय पुनःविचार गर्न आग्रह गरेको थियो ।

नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाका प्रमुख प्रदीप यादवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शुक्रबार साँझ बसेको अर्को बैठकले नेपाल वायु सेवा निगमले दैनिक तीन उडान गरी इन्धन आयात गर्ने निर्णय गरेको जानकारी दिए ।

शनिबारबाटै निगमले काठमाडौँ–कोलकाता तीन उडान गर्ने भएको छ । तीन उडानबाट ९० टन इन्धन आयात हुन्छ । प्रमुख यादवले तत्काल तीन उडान गरे पनि आइतबारबाट चार उडान गर्ने तयारी गरेको छ । नेपाल आयल निगमसँग द्विपक्षीय सम्झौता गरेर भारतको कोलकाताबाट हवाइ इन्धन आयात गर्दै आएको छ ।

आन्तरिक उडान सञ्चालनका लागि दैनिक एक लाख ४० हजार लिटर इन्धन आवश्यक पर्छ । अत्यावश्कीय सेवाका रुपमा रहेको हवाइ उडानलाई समस्यामा पर्न नदिन सबै खालको प्रयत्न गरिने बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy