Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सुकीले लेखिन् राष्ट्रपति र सेनाप्रमुखलाई पत्र

\"suki\"याङ्गोन । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले राष्ट्रिय सहमित र मेलमिलापका लागि म्यानमारका राष्ट्रपति तथा सैनिक प्रमुखलाई आह्वान गरेकी छिन् ।   उनले एक पत्रमार्फत त्यहाँको सैनिक प्रमुखसँग सो आग्रह गरेकी हुन् । बुधबारसम्म निर्वाचनको सबै परिणाम घोषणा नभइसकेको अवस्थामा उनले राष्ट्रपति र त्यहाँका सभामुखलाई सो पत्र लेखेकी हुन् । पत्रमा उनले राष्ट्रिय सहमति र मेलमिलापका बारेमा कुराकानी गर्न इच्छुक रहेको र आवश्यक र मिल्दो समयमा उनीहरुले खबर गरी आएमा आफू यो वार्ताका लागि तयार भएको जानकारी पनि दिएकी छिन् ।   म्यानमारमा गएको आइतबार भएको आमनिर्वाचनमा सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले करिब ९० प्रतिशत स्थानमा आफ्नो सफलता हात पारेको बताएको छ ।   तर पनि तीन दिनसम्म पनि किन पूर्ण परिणाम सार्वजनिक गरिएको छैन भन्ने बारेमा भने केही पनि बताइएको छैन । सुकीका कार्यकर्ता सो परिणाम सार्वजनिक नभएकोले निकै उत्सुक भएका र सन्तापमा परेका बताइएको छ । जनताको यो चासो र चिन्ताका बाबजुद सुकीले म्यानमारका राष्ट्रपति थाँ सेन, प्रधान सेनापति मिन उङ हालिन तथा संसदका सभामुख से मानलाई सो पत्राचार गरेकी हुन्।   उनले सो पत्रमा लेखेकी छिन्– म तपाईहरुसँग राष्ट्रिय सहमतिका विषयमा आगामी हप्ता र तपाईहरुको समयअनुसार नै कुराकानी गर्नका लागि यो आमन्त्रण गर्दछु । निर्वाचनका परिणामहरु सार्वजनिक भइरहेका छन् । तर बुधबार नयाँ र ताजा परिणामका बारेमा केही पनि जानकारी गराइएको छैन । तर पनि अब धेरै मत गणना गर्न बाँकी नरहेका बताइएको छ । थोरै मतमात्र गणना गर्न बाँकी रहदासम्म उनको दलले स्पष्ट बहुमत हासिल गर्ने स्पष्ट देखिएको छ ।   सुकीले सैनिक शासनको नजरबन्दमा १५ वर्ष बिताइकी छिन् । उनी गएको सन् २०१२ पछि स्वतन्त्र भइपछि निर्वाचनमा सहभागी भएकी हुन् । हाल उनी संसदमा प्रमुख विपक्षी दलकी नेता समेत छिन्। एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies