Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

अखिल (क्रान्तिकारी)बाट २१ जना ‘नयाँशक्ति’मा

\"9314462ab734057a40f35e9c463abdb7\"काठमाडौं । एमाओवादी निकट अखिल क्रान्तिकारीबाट एक पदाधिकारीसहित २१ सदस्य डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिमा लागेका छन् । अखिल क्रान्तिकारीको १५१ सदस्यीय केन्द्रीय समितिमध्ये १२ जनाको पदाधिकारी छ । त्यही पदाधिकारीमध्येबाट होमकुमारी पौडेलसहित २१ सदस्य नयाँ शक्तिमा लागेका छन् । पौडेल अखिल क्रान्तिकारीको पूर्वसचिवसमेत हुन् जतिबेला क्रान्तिकारीका १८ सचिव थिए । यसैगरी तमुवान संयोजक कुमार तिवारी, अवध संयोजक विमल गिरी र पूर्वाञ्चल सहसंयोजक उमेश थापा पनि ‘नयाँ शक्ति’मा लागेका छन् । राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु गोविन्द केसी, देवेन्द्र पाख्रिन, युवराज दाहाल, सन्दीप अधिकारी, श्यामबाबु गौतम, प्रकाशचन्द्र सापकोटा, रुपनारायण श्रेष्ठ, पदमराज विष्ट, राजेश आले, पशुपति नेपाल, शिव देवकोटा, नेत्र अधिकारी, दिनेश पौडेल, सन्तोष आचार्य, युवराज ढकाल र राधेश्याम साह पनि अखिल क्रान्तिकारीबाट बाहिरिएका छन् । उनीहरुलाई सात दिन भित्र स्पष्टिकरण माग गरिएको छ । अखिल क्रान्तिकारीका तमुवान संयोजक तिवारी डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखाका हुन् । तमुवानबाट उनी एक्लै बाहिरिएका छन् । यसैगरी अवध संयोजक विमल गिरी पनि एक्लै संगठनबाट बाहिरिएको स्रोतले बतायो । उनीहरु बाहिरिए पनि अखिल क्रान्तिकारीलाई खासै असर नपर्ने मल्लले बताए । मल्लले भने, ‘पार्टी, संगठनमा आउने जाने चलिरहन्छ, यो स्वाभाविक प्रक्रिया हो । यसबाट संगठनलाई खासै असर पर्दैन । कोही तरंगित हुनुपर्दैन ।’ समानान्तर समिति गठन केन्द्रीय समितिको पूर्ण बैठकसम्मलाई कामकाज गर्ने गरी तमुवान राज्यको कार्यबाहक संयोजकमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य अमरदिप पराजुली, अवध कार्यबाहक संयोजकमा युगराज पाण्डे तथा मिथिला राज्य समितिमा महेशलाल यादवलाई जिम्मा तोकिएको छ । २० औं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य जेकेन्द्र श्रेष्ठलाई भने साधारण सदस्यसमेत नरहने गरी संगठनबाट क्रान्तिकारीले हटाएको छ । श्रेष्ठले संगठनको आधिकारीक निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सामानान्तर संगठन बनाएको भन्दै निस्कासित गरिएको हो । ‘तीन दिनभित्र केन्द्रीय कार्यालयले स्पष्टीकरण दिन गत असोज २७ गते नै उहाँलाई लिखित निर्देशन दिएका थियौं,’ मल्लले भने, ‘तर, उहाँले स्पष्टिकरण पत्र नै नबुझि संगठनको निर्देशनलाई अस्वीकार गरेकाले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको छ ।’ २० औं राष्ट्रिय सम्मेलन फागुन १ गते यसैबीच अखिल क्रान्तिकारीको २० औं राष्ट्रिय सम्मेलन आउँदो फागुन १ गते काठमाडौंमा आयोजना हुने भएको छ । जनयुद्ध दिवसको अवसरमा आयोजना हुने राष्ट्रिय सम्मेलनको उदघाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । सम्मेलनको विस्तृत कार्यक्रम आयोजक समितिको पूर्ण बैठकले बनाउने छ । सम्मेलन आयोजक समितिको बैठक आगामी मंसीर २० गते काठमाडौंमा बस्ने अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले जानकारी दिए । अखिल क्रान्तिकारीले मल्लको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएको छ । राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारीका सदस्यहरुको नविकरण प्रक्रिया सुरु पनि भैसकेको छ । अखिल क्रान्तिकारीका देशभर २ लाख सदस्य रहेको संयोजक मल्लले बताए । विश्वविद्यालय समिति तथा राज्य समितिका बैठक सम्पन्न गरी समयावधि पूरा गरेका जिल्ला र इकाइ सम्मेलनका कार्यक्रम निर्माण गर्न निर्देशन दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE