Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

नयाँ दिल्ली छेउमा एउटा निरक्षर गाउँ

\"151105120358_bbijnor_inchawala_village__624x351_narendrakaushik\" काठामाडौं ।  भारतलाई विकासको पथमा लम्किरहेको उदाउँदो  देशको रुपमा लिइन्छ । तर त्यही देशको राजधानी नजिकै एउटा यस्तो गाउँ छ; जहाँका मानिसहरुले अक्षर चिन्दैनन् । भारत सरकारले शिक्षा अधिकारलाई मौलिक अधिकारको रुपमा घोषणा गरेको छ । सरकारले भारतलाई डिजिटल इन्डिया बनाउने भनेर जोड गरिरहेको छ । तर राजधानी दिल्लीबाट लगभग २ सय किलोमिटर उत्तर प्रदेशको बिजनौर छेउमा इच्क्षावाला नाम गरेको एउटा यस्तो गाउँ छ जहाँ एक जना छाडेर पुरै गाउँ अनपढ छ । त्यस गाउँमा न कोही नाम लेख्न सक्छन्, न कोही हस्ताक्षर नै गर्न सक्छन् । \"151105122037_bijnor_inchawala_village_up_624x351_narendrakaushik\" गाउँमा एउटा पनि स्कुल छैन । न सडक छ, न अस्पताल, न कुनै पसल छ न कुनै बिजुली बत्ति । गाउँको पञ्चायत प्रमुख अख्तर बाहेक आज सम्म कसैले पनि रेलसम्मपनि चढेका छैनन् ।  गाउँमा राष्ट्रपति को हो भनेर कोही पनि जान्दैनन् । ५०० सय भन्दा बढी जनसंख्या भएको त्यो गाउँबाट आजसम्म एक जनापनिले पनि सरकारी र प्राइभेट जागिर खाएका छैनन् । उक्त गाउँमा पुग्नका लागि पहिला गंगा नदी पार गरेर जानुपर्छ त्यसपछि फेरी करिव चार किलो मिटर पैदल जंगलको बाटो हिड्नु पर्छ । त्यहाँका बासिन्दा अख्तरले भने, हामी सबै औंठा छाप हौं । सिर्फ मेरो एउटा नाति सैयद अली छोडेर’ उनले १० कक्षासम्म हरिद्धारको एउटा गाउँमा पढेको छ ।’ उनले बताए । प्रत्येक वर्ष मार्च देखि अक्टोबरसम्म गंगा नदीले उक्त गाउँलाई डुबाउँछ । उनीहरु ज्यान जोगाउन अर्को गाउँमा जाने गर्छन् । त्यहाँका सबै घरहरु खरले बनेका छन् । पेशाले उनीहरु खेति गर्ने, पशुपन्छी पाल्ने र माछा मार्ने गर्छन् । उनीहरुलाई माछा बेच्न शहर जानु पर्दैन । व्यापारीहरु गाउँमै लिन आउँछन् । उनीहरु हरेक वर्ष नोभेम्बरमा सम्पूर्ण गाउँले मिलेर राजापुरको छेउ गंगा नदीमा अस्थायी पुल बनाउन जुट्छन् ।   \"151105120625_bbijnor_inchawala_village_uttarpradesh_624x351_narendrakaushik\" सन् २०१३ मा उत्तर प्रदेशको सरकारले इच्छावाला गाउँमा साक्षरता बढाउनका लागि दुईजना शिक्षकहरु मनमोहन सिंह र अतीक अहमतलाई नियुक्त गरेका थिए । राजारामपुर गाउँको प्राथमिक स्कुलका प्रधानाध्यापक अमहद भन्छन् ‘ उनीहरु दुईजनाले त्यहाँ बच्चाहरुलाई नोभेम्बर महिना सम्म पढाए त्यसपछि पानी प¥यो । गाउँ जाने बाटो विग्रियो । त्यसपछि उनीहरु गएनन् । त्यसपछि पुनः मेघराज सिंह नाम गरेको शिक्षकलाई नियुक्त गरियो । तर त्यो गाउँका सबै बच्चाहरु माछा मार्न र खेतीमा अभिभावकलाई सघाउन जाने भएका कारण पढाई हुन सकेन । शिक्षक सिंहले भने, “ म १० दिन भित्रमा २÷३ पटक त्यो गाउँ पढाउन सकिन्छ कि भनी पुगेकोछु । तर त्यहाँका बच्चाहरु घरमा कोही पनि थिएन ।’ विविसी डट कम हिन्दीबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending