Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

मधेसी मोर्चासँग वार्ता गर्ने जिम्मा एमाओवादी अध्यक्ष प्रचण्डलाई

काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको बैठकले सीमांकनलाई राजनीतिकरुपमा सम्बोधन गर्ने र आन्दोलनरत पक्षसँग वार्ता अगाडि बढाउने निर्णय गरेको छ । आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग वार्ता गर्ने जिम्मा बैठकले एमाओवादी अध्यक्ष प्रचण्डलाई र परराष्ट्र मन्त्री कमल थापालाई दिएको छ ।

\"Prachanda_shirsha\"यसअघि मधेसी मोर्चाले शीर्ष नेताहरु बाहेक अरुसँग वार्ता नगर्ने बताएका थिए । प्रचण्ड उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत हुन् । यसैगरी थापा सरकारले गठन गरेको वार्ता टोलीका संयोजक हुन् ।

बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले सन्चारकर्मीसँग भने, ‘प्रधानमन्त्री जी त हुनुनै भैहाल्यो । त्यसबाहेक मधेसी मोर्चासँग वार्ता गर्ने जिम्मा मलाई र सरकारी वार्ता टोली संयोजक कमल थापा जीलाई दिएको छ । संविधान संशोधन प्रक्रियासमेत अघि बढाउनुपर्ने भएकाले नेपाली कांग्रेससँग पनि वार्ता गर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तर्फबाट एक जना प्रतिनिधिको नाम पठाउने बताइएको छ ।

उच्चस्तरीय राजनीतिक समितिको बैठकले सीमांकनलाई राजनीतिकरुपमा सम्बोधन गर्न आन्दोलनरत पक्षसँग वार्ता अगाडि बढाउने निर्णय गरेको बैठकपछि समितिका सदस्यसमेत रहेका नेकपा संयुक्तका गणेश साहले बताए ।

साहका अनुसार मधेस आन्दोलनलाई सहज अवतरणका लागि सरकारले लचिलो भएर सबै विकल्पमा छलफल गर्नेछ ।

बैठकले सुशील कोइराला सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकलाई पनि अगाडि बढाउने निर्णय गरेको साहले जानकारी दिए । आन्दोलतरत मधेसी मोर्चाका माग सम्बोधन गर्न तत्कालिन कानुनमन्त्री नरहरि आचार्यले असोज २० गते संसदमा संविधान संशोधन विधेयक दर्ता गराएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE