Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

जेल भित्र भाइटिका : 'पीडा लुकाएर एक दिनको खुसी बाँडियो'

काठमाडौँ । “दुःख, पीडालाई लुकाएर भए पनि एक दिनको खुसी बाँडियो” गहभरि आँसु पार्दै सिन्धुपाल्चोककी २२ वर्षीया सरिता लामाले भनिन् ।

चारखाल डिल्लीबजारस्थित कारागारमा शुक्रबार तिहारको भाइटीका लगाउँदै गरेकी उनका आँखाबाट निरन्तर आँसु झरिरहेका थिए । कर्तव्यज्यान मुद्दामा आठ वर्षदेखि जेल सजाय भोगिरहेका आफ्ना दाजु डेवालाई भाइटीका लगाइदिन सरिता त्यहाँ पुगेकी थिइन् । बहिनीका हातबाट टीक लगाउन पाउँदा डेवाले पनि उत्साहित मुद्रामा भने– “एक दिनको एक क्षणमा पनि पारिवारिक जमघट जस्तै अनुभूति भयो ।”

\"Vaitikaलागुऔषध कारोबारमा सात वर्षदेखि जेल सजाय भोगिरहेका काठमाडौँका ३५ वर्षीय खुम घलेलाई बहिनीको हातबाट टीका लगाएर सप्तरङ्गी फूलको माला र नयाँ पहिरनमा सजिँदा पनि कुनै उल्लास छैन । “बहिनीबाट टीका लगाएँ, बाहिरबाट हेर्दा राम्रो देखिन्छ, तर भित्री पीडाले सताइरहन्छ, यो कष्टबाट चाँडै निस्केर निजी व्यवसाय गर्छु,”,उनले भने ।

आफ्ना दाजुलाई टीका लगाइदिन कारागार पुगेकी सुजाता घलेले हरेक वर्ष यहाँ आएर टीका लगाउँदा क्षणिक खुसी भए पनि परिवारमा जस्तो रमाइलो नभएको सुनाइन् । उनले अर्को वर्ष घरैमा भाइटीका लगाउने अभिलाषा लिएकी छिन् ।

सिन्धुलीकी सेती तामाङ पनि अर्को वर्ष घरपरिवारमै टीका लगाउने आशामा छिन् । चोरी मुद्दामा दुई वर्षदेखि जेल सजाय भोगिरहेका ३८ वर्षीय दाजुलाई टीका लगाउन कारागार आएकी उनलाई परिवार बिछोडको पीडाले सताइरहन्छ ।

धादिङकी सविना पनि लागुऔषध मुद्दामा १० महिनादेखि जेल जीवन बिताइरहेका आफ्ना दाजु राजु स्याङ्तानलाई टीका लगाउन पाउँदा मक्ख देखिएकी थिइन् । “म धेरै खुसी छु, अर्को वर्ष घरमै खुसीका साथ टीका लगाउन पाइयोस् भनी आशीर्वाद दिएको छु,”–उनले भनिन् ।

यी प्रतिनिधि पात्रजस्तै ठूलो सङ्ख्यामा उपस्थित दिदीबहिनीले आज विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका आफ्ना दाजुभाइसँग कारागारमा गएर केही समयको खुसी आदानप्रदान गरेका छन् ।

डिल्लीबजार कारागारको वातावरण निकै आकर्षक र मार्मिक दुवै थियो । कोही कतै खुसी साटिरहेका थिए भने कतै दुःख पोखिरहेका देखिन्थे । धेरै चाहिँ एक दिन भए पनि परिवारसँगको भेट र मीठा परिकारमा रमाइरहेका थिए । टीका लगाउने मात्र नभई भेटघाटका लागि पनि त्यहाँ थुप्रै आफन्त पुगेका थिए । केन्द्रीय कारागार सुनधारापछि दोस्रो ठूलो कारागार चारखाल कारागार हो । यहाँ करिब ७०० कैदी छन् ।

कारागार सुरक्षामा खटिएका प्रहरी निरीक्षक रवीन श्रेष्ठले आज भाइटीका लगाउन मात्र करिब पाँच सय दिदीबहिनी आएको र उनीहरुलाई सहज रुपमा पारिवारिक जमघटको वातावरण मिलाइएको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष कम दिदीबहिनी भाइटीका लगाउन आए ।

कारागारका अनुसार आज बिहान ९ः४५ बजेदेखि साँझ ३ः०० बजेसम्म भाइटीका लागि भेटघाटको समय दिइएको थियो । काठमाडौँ उपत्यकाका मात्र हैन देशभरका विभिन्न कारागारमा जेल सजाय भोगिरहेका कैदीले भाइटीका लगाएर खुसी आदानप्रदान गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending