Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भारतबाट आए एकैदिन १३१ वटा इन्धनका गाडी

\"naka\"काठमाडौं । वीरगञ्ज घटनापछि आइतबार सबैभन्दा धेरै इन्धन ट्यांकरहरु नेपाल भित्रिएका छन् ।आइतबार भारतीय भन्सार कार्यालयहरुले १ सय ३१ वटा इन्धनका गाडीलाई नेपाल छिर्न अनुमति दिएका छन् ।

रुपन्देहीको बेलहिया भन्सारबाट आइतबार एकैदिन इन्धनका ५२ वटा गाडी नेपाल भित्रिएका छन् ।

भारतीय सुनौली भन्सारले आइतबार १८ वटा ग्यास बुलेट र ३४ वटा डिजेलका गाडी छाडेको बेलहिया भन्सारकार्यालयले जनाएको छ ।

रक्सौलबाट रि–रुटिङ गरी ल्याइएका ग्यास बुलेट वीरगञ्ज घटनापछि सुनौलीमै रोकिएका थिए ।भारतको सुनौली भन्सारले लामो समयदेखि अलपत्र परेका सबै मालबाहक गाडीलाई सोमबारसम्म पास गरिसक्ने आश्वासन पनि दिएको बेलहिया भन्सारले जनाएको छ ।

शुक्रबारदेखि सुनौली भन्सारले सवारीको जाँचपास खुकुलो बनाएको थियो ।भैरहवाबाट आइतबार झण्डै २ सय भन्दा बढी मालबाहक गाडी नेपाल आएका छन् ।

आइतबार बिराटनगरको रानी भन्सार नाकाबाट २८ वटा इन्धनका गाडी भित्रिएका छन् । यसैगरी काँडभिट्टाको मेची भन्सारबाट २ वटा मात्र ग्यास बुलेट रहेको भन्सार प्रमुख भीम अधिकारीले बताए ।

यस्तै नेपालगञ्ज नाकाबाट एकैपटक ३१ वटा इन्धन ट्यांकर नेपाल प्रवेश गरेका छन् । नेपालगञ्जको जमुनाहबाट १२ दिनपछि उल्लेख्य संख्यामा इन्धन बोकेका गाडी नेपाल भित्रिएका हुन् । आइतबार नेपालगञ्जबाट २४ वटा, ३ वटा हवाई इन्धन, ३ वटा पेट्रोल र एउटा मट्टतिेल बोकेका गाडी आएका भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । यसअघि जमुनाहबाट दैनिक २/३ ट्यांकर मात्र इन्धनका गाडी नेपाल आइरहेका थिए । कैलालीको गौरीफन्टा र त्रिनगर भन्सारबाट १८ वटा इन्धनका गाडी आएका छन् । त्रिनगर नाकाबाट १७ वटा इन्धनका गाडी नेपाल भित्रँदा गौरीफन्टाबाट एउटा ग्यास बुलेटमात्र आएको छ । त्रिनगरबाट १४ वटा डिजेल, २ वटा मट्टतिेल र एउटा हवाई इन्धन नेपाल आएको छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending