काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने महत्वांकक्षी योजनाहरु सार्बजनिक गरेका छन् । प्रधानमन्त्री बनेपछि देशबासीका नाममा आइतबार पहिलो सम्वोधन गर्दै ओलीले काठमाडौंमा मेट्रो रेल गुडाउने, चीनसँग जोडिएका सबै बाटोको सत्तरोन्नती गर्ने, सौर्य उर्जामार्फत् विजुली निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरे ।
भारतको अघोषित नाकाबन्दीले नेपाल कुनै एक मुलुकप्रति कति परनिर्भर रहेछ भनेर आँखा खोलेको भन्दै प्रधानमन्त्री ओलीले यस्ता योजनाहरु कुनै देश विरुद्ध नभएको प्रष्टिकरणसमेत दिए ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा मेट्रो रेलको तयारी तत्काल अघि बढाउने, सौर्य उर्जामार्फत एक वर्षमा २ सय मेघावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, विद्युतीय चुलो उत्पादन र प्रयोग गर्ने, इन्धनको भण्डारण क्षमता बढाउने, चीनसँग जोडिएको सडकहरुको स्तरोन्नति गर्ने, पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने तथा स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले जाडो अगाडि नै हिमाली भेगमा टहरा बनाउने, भूकम्पपीडित जनतालाई आवासको व्यवस्था गर्ने र भूकम्प पीडितलाई दिने भनिएको दुई लाखको पहिलो किस्ता राहत तत्काल उपलब्ध गराउने पनि बताए ।
सीमांकन परिमार्जन गर्न सकिन्छ
मधेसी मोर्चाले प्रदेश सीमांकनको माग गर्दै आन्दोलन गरिरहेकाबेला प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र अनुभवका आधारमा परिमार्जन गर्न सकिने बताएका छन् । उनले दलहरुको समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने पनि बताए ।
देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘आन्दोलनरत दलहरुको समझदारीका आधारमा संविधान संशोधन विधेयक अघि बढाउन र प्रादेशिक सीमाबारे छलफल गर्न सकिन्छ ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसको पक्षमा आन्दोलन गरेको भने पनि उक्त आन्दोलनबाट तराई–मधेसकै जनताले धेरै दुःख पाएको भन्दै आन्दोलन फिर्ता लिन आह्वान गरे । वार्तालाई निष्कर्षमा पु¥याउन आन्दोलनरत पक्षलाई उनले आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: