Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

दलितको पीडा

\"Casteism-in-India\"   काठमाडौँ । आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रूपमा सदियौँदेखि पछाडि पारिएको दलित समुदायले आजको २१औँ शताब्दीमा पनि जातीय भेदभाव तथा छुवाछूतको पीडा भोगिरहनुपरेको छ ।   धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकले नयाँ संविधान पाएको छ । तर एउटा मान्छेले मान्छेलाई जातीय  आधारमा गर्ने विभेद भने समाजमा अझै पनि पाइन्छ । राजधानी काठमाडौँमा तल्लो जात भएकै कारण कोठा भाडामा समेत पाउँदैनन् दलित समुदायले । नुवाकोटका प्रेम परियारले दलित समुदायको भएकै कारण दुई महिनादेखि कोठा खोज्दासमेत पाएनन् ।   ‘पहिलो त काठमाडौँमा कोठा नै पाउँदैन, यदि पायो भने पनि घरबेटीले पहिले नै हजुर कुन थरी (जात) पर्नुभयो भनेर सोध्छन्, म दलित हो भन्यो भने कोठा छैन भन्छन्”–परियारले गुनासो गरे ।   बल्लतल्ल कोठा पाएर अग्रिम भाडा दिएको दुई दिनमै घरबेटीले जात थाहा पाएपछि अन्य कारण देखाउँदै आफूलाई कोठा नदिएको गुनासो गर्छिन् स्याङ्जाकी रम्बादेवी सुनार । यसरी तल्लो जात भएकै कारण कोठा भाडासमेत नपाएर विभिन्न समस्या झेल्ने परियार र सुनार उदाहरण मात्र हुन् । गत वर्ष पत्रकार कमला बराइली र व्यवसायी खिममाया सिवालाई दलित भएकै कारण कोठाबाट निकालियो । पीडित बराइली र सिवाले प्रहरीमा उजुरी दिए पनि दोषीलाई कारबाही गर्नुको सट्टा मिलापत्र मै सीमित गरियो ।   ‘जातीय भेद्भाव तथा ९कसुर र सजाय० ऐन, २०६८ ऐनमा छुवाछूत गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ । तर यस ऐनको आधारमा दोषीउपर कारबाही भएको अत्यन्त कम उदाहरण पाइन्छ ।  नयाँ संविधान २०७२ को प्रस्तावनामै राज्यले धर्म, जातजाति, लिङ्ग, आर्थिक अवस्था, भाषा वा क्षेत्र कुनै पनि आधारमा विभेद गर्न पाइने छैन भनी उल्लेख गरिएको छ । ऐनबारे राज्यका जिम्मेवार निकायबाट नै अनविज्ञता प्रकट गरिरहेको अवस्थामा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि भएका ऐन÷कानुनको कार्यान्वयन गर्दै देशव्यापी रूपमा जनचेतनामूलक अभियान नै सञ्चालन गर्नुपर्ने दलित नेता तथा अधिकारकर्मीहरूको भनाइ छ ।   दलित आन्दोलनका अगुवा पदम सुन्दास युगौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछूत अन्त्यका लागि दलित एक्लैले भन्दा पनि सरकार र गैरदलित समुदायको समेत सहभागितामा संयुक्त रूपमा पहल गर्नुपर्छ भन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending