मंसिर ३ गते, २०७२ बिहिवार 19th November, 2015 Thu०९:४०:३८ मा प्रकाशित
काठमाडौं । भारतले नकाबन्दी लगाएर नेपालमा चरम अभाव सिर्जना गरिरहेको बेला अर्को छिमेकी राष्ट्र चनिले भने नेपालमा इन्धनका लागी दिर्घकालिक रुपमा पाइपलाईन विछ्याउने र काभ्रेको पाँचखाल वा नुवाकोटको बेत्रावतिमा स्टोर निर्माण गर्ने सम्मको काममा आफु सहयोग गर्ने तयार रहेको बताएको छ ।
एक साता लामो अनौपचारीक चीन भ्रमण सकाएर नेपाल फर्केका आपूर्तिमन्त्री पूनले चाँढै चीनबाट तेल आउने बताएपनि चीनसँग भएको सबै छलफल बाहिर नल्याएको स्रोत बताउँछ । स्रोतका अनुसार चीनले तत्काल नेपाललाई आवश्यक पर्ने जतिपनि इन्धन पठाइहाल्नसमेत तयार भएको छ ।
तत्काल तेल पठाउनका लागी केरुङ र तातोपानी गरी दुबै नाका संचालन गर्नसमेत चीनले तयारी गरेको छ । तातोपानी नाका संचालनमा ल्याउनका लागी बुधबारमात्रै चीनको नेल्ह्याम (कुति)मा नेपाली अधिकारीहरु र चीनीया अधिकारीहरुबिच बैठक बसेको थियो । उक्त बैठकमा नेपालका तर्फबाट सिमा जिल्ला सिन्धुपाल्चोकका जिल्ला प्रशासन अधिकृतको नेतृत्वमा एउटा टोली सहभागी भएको बताइन्छ । सो बैठकमा चीनले तातोपानी नाका संचालनको तयारी गरिरहेको बताएको थियो ।
आपूर्तिमन्त्री पून एक हप्ता लामो चीन बसाईको क्रममा त्याहाँका पेट्रोलियम अधिकारी, कम्युनिष्ट पार्टीका नेता तथा अन्य व्यापारिक पक्षसँगसमेत छलफल गरेका थिए ।
इन्धन सम्झौताका लागी आजै नेपाल आयल निगमको एउटा टोली चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछ । तर चीनले नेपालसँग दीर्घकालिन रुपमा इन्धन व्यापारको सम्झौता वा विश्वास चाहेको छ । चीनले भारतीय नाका सहज हुनेबित्तिकै नेपाल भारतसँगै इन्धन आपूर्ति गर्नतिर लाग्ने हो कि भन्ने आंशकामा थियो । मन्त्री पूनले उक्त आशंका हटाएर आएर छन् ।
यसअघि भएको सैदान्तीक सम्झौतामा समेत नेपाललाई आवश्यक पर्ने एकतीहाई इन्धन आपूर्ति गर्ने उल्लेख छ । यसको अर्थ सहज परिस्थितिमा समेत नेपालले एकतिहाइ इन्धन चीनबाट आयात गर्नुपर्ने भन्ने हुन्छ । तर चीनीया अधिकारीहरु अहिले नेपाललाई आवश्यक पर्ने सबै इन्धन दिनसमेत तयार छन् ।
खाना पकाउने ग्यास आपूर्तिका लागी भने बाटो केही असहज रहेको ठहर चीनीया अधिकारीहरुको छ । तर तातोपानी नाकासम्म चीनका ग्यास बुलेटहरु आउन सक्छन् । यसअघि खासाबाट ४८ किलोमिटर माथि चीनको नेल्ह्मसम्म ग्यासका बुलेटहरु ल्याउने गरीएको जानकारी चीनले गराएको छ ।
ग्यासका बुलेट ल्याउनका लागी सिन्धुपाल्चोकको बाह्रबिसेमाथिको २६ किलोमिटर बाटोका केही ठाउँहरुबाहेक अन्त सजिलै ति पास हुन सक्छन् । केही घुम्ति तथा मोडहरुमा भने बाटो फराकिलो पार्नुपर्ने हुनसक्छ । चीन बाटो बढाउने काममा सहयोग गर्नसमेत तयार रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: