Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भूकम्पले जोडिएको मन किन फाट्दैछ ?

काठमाडौं । गएको वैशाखमा विनाशकारी भूकम्पले गर्दा चुडिनै सकेका राजनीतिक दलहरुको मन फेरि फाट्न थालेको छ । वैशाखमा विनाशकारी भूकम्प आउनुअघि प्रमुख तीन दलका नेताहरु नै तीनतिर फर्किएका थिए । तीनतिर फर्किएका दलहरुलाई भूकम्पले जोड्न सक्यो । \"3विनाशकारी भूकम्प गएपछि प्रमुख तीन दलले जसरी पनि सहमति गरी नयाँ संविधान दिने प्रतिवद्धता जनाए । फलस्वरुप नयाँ संविधान पनि जारी भयो । तर नयाँ संविधान जारी भएपछि भने फेरि पनि प्रमख दलहरुबीच फाटो पैदा भइसकेको छ । प्रमुख तीन दलकै सहमतिमा छ प्रदेशको सीमांकनसहितको अवधारणा बन्यो । केही मतभेदहरुालाई सम्बोधन गर्न भन्दै तीनै तीन दलले अन्तिममा सात प्रदेशमा सहमति जनाए । प्रमुख तीन दलको मिलाप देखेर आम नेपाली नै छक्क परे । अब मुलुकको तीब्रतम विकासतिर दलहरु लाग्नुपर्छ । भूकम्पले भत्किएका संरचनाहरुलाई छिटोभन्दा छिटो पुनर्निर्माण गरी मुलुकको समृद्धितर्फ लाग्नुपर्ने नागरिकको मतलाई राजनीतिक दलहरुले पूरा गर्ने प्रतिवद्धता पनि जनाए । दलहरुको एकताले नयाँ संविधान जारी भएको भन्दै केही मधेसवादी दलहरु बाहेकले खुशीयाली नै मनाए । जस्तो भए पनि संविधान जारी गर्नु उपपलब्धी भन्दै मुलुकको समृद्धितर्फ जानुपर्ने बेला दलहरु फेरि आ–आफ्नै बाटोमा हिड्न खोज्दा फेरि पनि मुलुकले दुःख पाउने स्थिति बनेको छ । मधेसको माग सम्बोधन झण्डै तीन महिनादेखि आन्दोलन गर्दै आएका मधेसवादी दलका मागहरु पूरा गर्नुको विकल्प नभएकोले वार्तामै जोड दिइएको छ । तर पटक पटकको वार्ताले निकास दिन सकिरहेको छैन । सहमतिबाट अघि बढ्नुपर्ने सबै दलको मत रहे पनि सहमति भने हुन सकिरहेको छैन । किन दलहरु मिल्न सकिरहेका छैनन् त ? खासमा दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको म्यान्डेट भनेकै राज्यको पुनसंरचना हो । त्यसकारण मधेसी दलहरुले भनेजस्तै गरी सीमांकनमा कित्ताकाट गर्नु जायज नहोला तर राज्यको पुनसंरचनाका लागि कुनै पनि जिल्लाहरु अखण्ड हुनै सक्दैन । त्यसैले यसअघि गरिएका सात प्रदेशको सीमाकंनलाई मिलाएर लैजानु नै अहिलेको विकल्प हो । भारतको नाकाबन्दी र प्रचण्डको प्रस्ताव   पछिल्लो समय भारतले संविधानमै असन्तुष्टी जनाउँदै अघोषित रुपमा नाकाबन्दी गरिरहेको छ । भूपरिवेष्ठित मुलुकमा कुनै पनि देशले नाकाबन्दी गर्न नसक्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि भारतले नाकाबन्दी गरी मुलुकमा चरम संकट उत्पन्न गराइरहेको छ । मधेसवादी दलहरुको मागलाई सम्बोधन नभएसम्म नाकाबन्दी कायमै रहने स्पष्ट संकेत भारतले दिइसकेको छ । यो परिप्रेक्ष्यमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले सीमाकंनलाई केही हेरफेर गरी समस्याको समाधान निकाल्नुपर्ने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरुलाई समेत मनाउने गरी ल्याएको प्रचण्डको प्रस्तावप्रति आन्दोलनरत दलहरु पनि सकारात्मक देखिएका छन् । यसमा कसैले पनि अर्घेल्याईँ गर्नु हुँदैन । कांग्रेको विकल्प के त ? मधेसवादी दलको माग पूरा नभएको कारण दक्षिणी छिमेकी मुलुक रिसाएको देखिन्छ । लामो समयदेखि मधेसवादी दलले आन्दोलन गरे पनि त्यसलाई बेवास्ता गरिएको भन्ने भारतको बुझाई छ । एउटै मुलुकका एउटा समुदायको धारणा सधैं नै राज्यप्रति गलत भइरहनु उचित होइन । त्यसैले सबैलाई चित्त बुझाउने गरी अगाडि बढ्नु जरुरी छ । सीमांकनमा देखिएको असन्तुष्टी हटाउने प्रचण्डले गरेको प्रस्ताव प्रति स्वयंमधेसवादी दलहरु सकारात्मक हुन्छन् भने कांग्रेसले अर्घेल्याइँ गर्नु ठिक हुँदैन । होइन, प्रचण्डको प्रस्ताव मनासिव छैन भने कांग्रेसले नै सहमतिका लागि अझ उत्तम विकल्प सार्नुपर्छ । नवलपरासीदेखि बर्दियासम्मको थारु बहुल क्षेत्रलाई एउटा प्रदेश बनाउने र त्यस क्षेत्रका पहाडी जिल्लालाई माथिल्लो प्रदेशमा मिलाएर मधेसी–थारु समुदायको चित्त बुझाउन सकिने प्रचण्डको प्रस्ताव छ । तर उक्त प्रस्तावलाई कांग्रेस र एमालेका केही नेताले स्वीकार्न नसकिने जनाएका छन् । कांग्रेसले सीमांकन नै बदल्न नहुने अडान राखेको छ । सीमांकन नै बदल्न नहुने तत्व के नै छ । सीमांकन नै बदल्न नहुने हो भने विकल्प के त ? यसको जवाफ पनि कांग्रेसले दिनुपर्छ । मुलुकको संकटका बेला निकास दिने दायित्व सत्तारुढ दलको मात्र होइन, प्रतिपक्षी दलको पनि हो । संकट समाधानका लागि सहमति भूकम्पले थला परेको मुलुकको समृद्धितर्फ लाग्नु अहिलेको प्रमुख आवश्यकता हो । दलहरुबीचको असन्तुष्टीकाबीचमा छिमेकी मुलुकहरुले खेलिरहेका छन् । लामो समयदेखिको अघोषित नाकाबन्दीले मुलुक चरम संकटमा गुज्रिरहेको छ । यो संकटलाई अझ लम्ब्याउँदै जाने हो भने मुलुक छिट्टै नै विघटनकै दिशामा जानेछ । यसतर्फ सचेत रहँदै सीमांकनमा रहेको केही असहमतिलाई मिलाएर अघि बढ्नु नै विकल्प हो । दलहरुले आफ्नो राजनीतिक स्वार्थ त्यागेर मुलुकका हितका लागि उभिनुपर्छ । जसरी महाभूकम्पका बेला नेताहरुको फाटेको मन जोडिएको थियो, त्यसैगरी एकपटक फेरि आफ्ना फाटेका मनलाई टाल्नुपर्छ र मुलुकको निकास दिनुपर्छ । अन्यथा सवै राजनीतिक दलहरुलाई आम नेपाली जनताले दुत्कार्ने दिन आउँनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy