Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

इन्धनसँगै खाद्यान्नमासमेत कालोबजारी

\"parasi\"नवलपरासी । भारतीय पक्षले गरेको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण नेपालमा इन्धनसँगै खाद्यान्न सामग्रीमा समेत कालोबजारी बढेको छ । ग्यांस र इन्धनको कालो बजारी र तस्करीसँगै नवलपरासीमा तेल, चाउचाउ, ताल, तरकारी, चिनी लगायतका खाद्यवस्तुहरुमा कृत्रिम अभाव बनाएर कालोबजारी गर्ने बढेको हो । नवलपरासीमा नेपालमै उत्पादित चाउचाउ, तेल, चिनी, तरकारी लगायतका खाद्य वस्तुमा समेत कालोबजारी बढेको छ भने मूल्य पनि आकासिएको छ । चिनीको मूल्य अहिले जिल्लामा प्रतिकिलो एक सय ५० रुपैयाँ, १५ रुपैयाँको चाउचाउ बीस रुपैयाँ, खानेतेल प्रतिलिटर दुई सय २० देखि दुई सय असी रुपैयाँसम्म पुगेको छ । त्यस्तै दाल, आलु, प्याज, गोलभेडा लगायतका तरकारीको पनि मूल्य दिनानुदिन बढ्दै गएको छ ।  होटल व्यवासायीहरुले ग्यांस अभाव रहेको र महंगोमा किन्नु परेको भन्दै होटलका अधिकांश समानमा मूल्य बढाएको छ । ग्यास अभावकै कारण कतिपय होटलहरुले ग्यासमा पठाउनु पर्ने सामग्रीहरु पठाउन नै बन्द गरेका छन् । पेट्रोल पम्पबाटै कालोबजारी देशभरी नै पेट्रोलियम पदार्थको हाहाकार भईरहेको बेला नवलपरासीमा भने पेट्रोल पम्प व्यवासयी नै कालोबजारीमा लागेका हुन् । उनीहरुले भारतबाट ल्याएको तेल बन्दै पेट्रोल प्रति लिटर तीन सय रुपैयाँसम्म र डिजल प्रतिलिटर २ सय रुपैयाँसम्म पनि विक्री गर्ने गरेका छन् । नेपाल आयल निगमले पठाएको इन्धन कति विक्री भयो भन्ने हरहिसाब नराख्ने भएको कारणले पनि नेपाल आयल निगमले पठाएको इन्धनमै समेत केही वितरण गरेर अरु महंगोमा विक्री गर्ने गरेका छन् । थरुहटले कालोबजारी रोक्ने थरुहट÷थारुवान संघर्ष समितिले जिल्लामा बढ्दो कालोबजारी रोक्ने जनाएको छ । उनीहरुले कालो बजारी रोक्ने जनाएपनि अघि भारतबाट नेपाल ल्याउने इन्धनलाई रोकेझै रोक्ने देखिएको छ । जसले गर्दा थप इन्धन अभाव हुने सम्भावना देखिन्छ । संयोजक मुकुलजी गिरीले कालोबजारी रोक्ने, शुक्रबार मसाल जुलुस गर्ने र शनिबारबाट बन्द तथा हाम हड्ताल फेरि शुरु गर्ने जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies