Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

फेरि उग्र बन्न थाल्यो मधेस आन्दोलन

[caption id=\"attachment_39199\" align=\"alignleft\" width=\"675\"]\"फाइल फाइल तस्विर[/caption] विराटनगर । सरकारकोसँगको वार्ता र तराईवासी समदायकै महापर्व छठको कारण केही समय मत्थर भएको मधेस आन्दोलन फेरि उग्र बन्दै गएको छ । सरकार र सत्तारुढ प्रमुख घटकहरुसँग भएको वार्ता निरर्थक बनेपछि मधेस आन्दोलन फेरि सर्किने संकेत देखिएको छ । बिहीबार मात्रै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसको आन्दोलन झनै चर्काउने निर्णय गरेपछि आन्दोलनले उग्ररुप लिने देखिएको छ । मोर्चाको आन्दोलन र भारतले गरेको नाकाबन्दीको कारण इन्धन र अतिआवश्यक औषधि समेत अभाव हुँदै गएपछि विहीबार मात्रै मोर्चाले औषधि आउन दिने निर्णय गरेको थियो । तर मोर्चाले निर्णय गरेको केही घण्टा नबित्दै मोर्चाका कार्यकर्ताले औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरी आगो लगाए भने शुक्रबार विहान फेरि विराटनगरमा विरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन् । मोर्चाले गरेको निर्णय नै नमानेर उग्ररुपमा आन्दोलनमा उत्रिएका मधेसी कार्यकर्ताहरुको आन्दोलन स्वयं आन्दोलन आयोजक दलहरुकै नियन्त्रण बाहिर जाने आशंका गरिएको छ । मोर्चाका कार्यकर्ताहरूले शुक्रबार बिहान मोरङको कटहरीमा बिरामी बोकेर विराटनगरतर्फ आउँदै गरेको रंगेली सहकारी संस्थाको को १ त ७६७९ नम्बरको एम्बुलेन्स तोडफोड गरी क्षति पुर्याएका छन् । विरामी बच्चा र आमालाई एम्बुलेन्सबाट ओर्लन लगाएर बन्दकर्ताहरुले एम्बुलेन्स तोडफोड गरेका थिए । यस्तै,मोर्चाका कार्यकर्ताले विराटनगरको कटहरी–८ स्थित नेसनल सिमेन्ट उद्योगमा रोकिराखेको ८ वटा ट्रक र २ वटा मोटरसाइकल पनि तोडफोड गरेको प्रहरीले जनाएको छ । छठपर्व सकिएसँगै चर्किएको आन्दोलनका कारण विराटनगरको बजार पसल ठप्प भएका छन् । विहानैदेखि विराटनगरका विभिन्न चोकहरुमा प्रदर्शन जारी राखिएको छ । उग्ररुपमा प्रदर्शनमा उत्रिएका बन्दकर्ताहरूले सडकमा गुडिरहेका रिक्सा समेत तोडफोड गर्ने र हावा फ्याकिदिने गरिरहेका छन् । विराटनगरको महाबीर चोकमा विहान २ वटा सिटी रिक्सा र ८ वटा मोटरसाइकलमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताहरूले तोडफोड तीब्र पारेपछि प्रहरीले विराटनगरको महाबीर चोकमा हस्तक्षेप गरी लाठीचार्ज गरेपछि केहीबेर प्रहरी र प्रर्दशनकारीबीच झडप समेत भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies