Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

विचारविहिन शब्दहरूको थाकमा सुत्ने लासलाई मेरो सलाम छः मनोज बोगटी

[caption id=\"attachment_46563\" align=\"alignleft\" width=\"225\"]\"कवि कवि मनोज बोगटी[/caption] मनोज बोगटी नेपालीभाषी भारतीय कवि हुन् । भारतको दार्जलिङमा बसेर काव्य क्षेत्रमा हस्तक्षेप आन्दोलन चलाइरहेका बोगटी आम मानिसले बुझिने भाषामा तिख्तर कविता लेख्न सिपालु छन् । उनको पछिल्लो कविता सङ्ग्रह ‘काफरे अमेरिका’ धेरै पाठकले रुचाएको कृति हो । विचारसहितको कविता नै साँचो कविता हो भन्छन् उनी । पछिल्लो समय स्वर्णभूमि दैनिकको सोमबारे परिशिष्ट ’शब्द’मा अल्झिएको बताउने बोगटी हालसालै नेपाल आउने योजना नभएको बताउँछन् । प्रस्तृत छ, साहित्य एकेडेमी पुरस्कारबाट समेत पुरस्कृत भईसकेका उनै कवि मनोज बोगटीसँग खबरडबलीका लागि राजु स्याङ्तानले गरेको सम्वाद । साहित्यमा तपाईँ हस्तक्षेप आन्दोलन चलाइरहनु भएको छ, के हो हस्तक्षेप आन्दोलन भनेको ? हस्तक्षेप, समाजमा मनोवैज्ञानिकरूपले स्थापित गरिएको सत्ताआदर्श, जो मानिसले बाँच्नु पाउने परिवेशको ठीक विपरीत छ, त्यसलाई तोड्ने किसिमको अनि निश्चल मानिसको आफ्नै आदर्श निर्माणको निम्ति गरिनुपर्ने साहित्यिक संवाद हो । सत्ता चलखेलले जीवनलाई जीवन हुनबाट कहाँ कहाँ कसरी कसरी रोकेको छ ? त्यो देखाउने औंली हो, हस्तक्षेप । हामी दार्जिलिङमा नेपालीभाषी जो छौँ, उनीहरूलाई राज्य सत्ताले भाषिक, प्रशासनिक, सांस्कृतिक, अर्थ नैतिकरूपले सधैँ पाखामा पार्ने जुन जुक्ति गर्छ, त्यो कठोर समयले आग्रह गरेको एउटा साहित्यिक बाटो हो, जहाँबाट हिंड़ेर समाजले जम्मै किसिमको हेपाइबाट मुक्त हुने स्पेस भेटुन् भन्ने हाम्रो सपना हो ।
सत्ता चलखेलले जीवनलाई जीवन हुनबाट कहाँ कहाँ कसरी कसरी रोकेको छ ? त्यो देखाउने औंली हो, हस्तक्षेप ।
तपाईकै भाषामा सत्ताआर्दशहरु भत्काउन के साहित्यिक आन्दोलनले मात्रै सक्छ ? यसका लागि गतिलो राजनैतिक दर्शनको आवश्यकता कत्तिको देख्नु हुन्छ ? म एकजना सर्जक हुँ । सिर्जनाको माध्यमबाट गर्नुपर्ने काम यही हो । राजनीतिकर्मी, सांस्कृतिकर्मी, सामाजिक कार्यकर्र्ताहरूले पनि आफ्नो ढङ्गले यसरी नै काम गर्नुपर्छ । राजनीतिक थोक, जो समाज सरोकृत छन्, यसलाई बोकेर समाजमा लैजाने काम सिर्जनाले नै बलियोसित गर्छ । राजनीति भन्नाले जुन संस्थाको विम्ब आउँछ वा राखिन्छ, त्यसमाथि विश्वास गरेरै मानिसले उसको आदर्शलाई स्वीकार्छ, तर उनीहरूलाई त्यो सत्तादर्शको नियत, त्यसको उपादेयता, त्यसको चलखेल, स्वार्थलाई कसरी चिन्ने ? त्यसको लागि कुनै माध्यम त चाहिन्छ, त्यो हो साहित्य । यसकारण साहित्यिक आन्दोलनले राजनैतिक काम गरिरहेको हुन्छ, त्यो काम कुनै संस्थानिकृत राजनीतिभन्दा धेरै हद प्रभावकारी हुन्छ । मानिसलाई साहित्यले राजनीतिकरूपमा नै बलियो बनाउने काम गर्छ । हस्तक्षेपलाई लागेको विश्वास हो, यसले दिने चेतना रगतजस्तो मानिसमा सञ्चार हुनेछ, जसले जीवनलाई जोगाएर राख्न मानिस सक्षम बन्नेछन् । हस्तक्षेप अभियानका अभियन्ता राजा पुनीयानी प्रगतिशील स्वर मुखरित साहित्य नै हस्तक्षेत्र अभियानको साहित्यको मुल आधार भन्छन्, हस्तक्षेप अभियान प्रगतिशील श्रष्टाहरुको साहित्यिक अभियान हो भनेर बुझ्न सकिन्छ ? पक्कै बुझ्न सकिन्छ, प्रगतिशील विचारबिना हस्तक्षेप नै गर्न सक्दैनन् । इतिहास र वर्तमानको समयप्रवाहमा सामन्ती सङ्कीर्णता, औपनिवेशिक दबदबा र  सांस्कृतिक साम्राज्यवादको मातहतमा थोपिएको ‘हेजेमोनी’ चिन्तनको प्रतिचिन्तन गर्दै प्रतिवादी लेखनीसित अघि बढिरहेको हो हस्तक्षेप लेखन । जनपक्षीय विचार मूलमा राखेर शिक्षा, मिडिया र बजारको माध्यमद्वारा व्यवस्थाले कार्यक्रम गरिने गरिएको पाठकको सोच्ने व्यवस्थाभित्र एउटा सिर्जनात्मक हस्तक्षेप गर्ने समूह हो यो । राजा पुनियानीको कुराको आशय पनि यही हो । भारतीय समाज असहिष्णु बन्दै गएको छ । भारत मुर्खहरुको देश बन्दैछ भनेर अरुन्धती रोयले भनेको पनि सुन्यौं । तपाई नेपाली भाषी सर्जकहरु बिशाल भारतको एउटा कुनामा बसेर गर्नु भएको आन्दोलनले के परिर्वतनमा टेवा पुग्ला त ? \"1920098_349478131859083_1634012671_n\" हिन्दुवादी कट्टरपन्थीहरूको नियतलाई प्रोत्साहित गर्ने खेल सत्ताले गरिरहेको कारण नै समाज असहिष्णु बन्दै गइरहेको आजको सन्दर्भ हो । अरुन्धती रोयको लक्ष्य पनि ती नै कट्टरपन्थीहरूसित हो । देश नै मुर्खहरूको हो भन्ने कुरा मान्न सकिन्न, यदि यसै भनिएको हो भने रोय पनि मुर्ख भइगए । हामीले मानेको परिवर्तन संस्थानिकृत राजनीतिक परिवर्तन होइन, असहिष्णु समाज निर्माणका कारण, कारक र कर्तालाई बुझ्ने समाजको स्थापनाको निम्ति साहित्यको बुझाइमा सहयोग गर्छ । साहित्यिक आन्दोलनले चेतनाको स्तरमा परिवर्तन ल्याउनमा सहयोग गर्छ । भारतको सानो कुनामा भइरहेको यो आन्दोलनले त्यो कुनालाई नै असहिष्णु समाज निर्माणका कारण, कारक र कर्ताबारे भनिदिनुसक्यो भने त्यो ठूलो काम हुनेछ । मेची नदीले हामीलाई वारीपारी बनाइदियो । हाम्रो पीडा, व्यथा करिव करिव समान छन् । समान उद्देश्य बोक्नेहरुबीच दक्षिण एसिया स्तरको प्रगतिशील साहित्यिक मञ्च बन्न सक्ला ? पक्कै सकिन्छ। त्यसको निम्ति दक्षिण एसियाभरका समानविचार र उद्देश्यका सर्जकहरूलाई एउटा मञ्चमा ल्याएर विमर्श हुनुपर्ने हो, त्यसो भइरहन सकेको छैन। त्यो पहल दुबै तर्फबाट किन भईरहको छैन ? दुवै देशमा आन्तरिक समस्याहरू तीब्र छन्, दुई देशबीचका कतिपय राजनैतिक कारणले पनि यसो हुन पाइरहेको देखिन्न। नेपाल र भारतमा धेरै ठूलो समूहले काम गरिरहेको जस्तो लाग्छ, सिर्जनात्मक भेटघाट भइरहेतापनि मञ्चीय संयोजनले एउटा बिन्दु भेटिरहेको छैन। नेपालमा एकाथरि कविहरु कविता सरल बोधगम्य हुनु पर्छ भनिरहेका छन् । अर्काथरि कविता सरल सोझो सपाट बर्णन गरिने वस्तु होइन भनिरहका छन्, यस बारेमा हस्तक्षेप आन्दोलनले के भन्छ ? सरल कविता लेख्नु कविको कलात्मक क्षमतामा भर पर्ने कुरा हो। सरल लेख्न सक्नु कलासम्पन्न कविले सक्ने हो। कविता सपाट वर्णन हुँदै हुँदैन, यदि हुन्छ भनियो भने त्यो कविता नै हुँदैन। हस्तक्षेप भन्छ, कविताले दिने विचारले जुन शैली र कला माग्छ, त्यो मात्र दिइने हो, कला र विचारको विछट्टै सुन्दर संयुक्तिले निर्मित होस् कविता। जुन कविता आम मानिसले पनि बुझ्न पाउन्। कलाका नाममा अत्याधिक सिंगारिएका कविता, जसको अन्तर्य खोक्रो छ र त्यसको पठनपछि कसैलाई उद्वेलित पार्न सक्दैन, त्यो पनि कविता हुन सक्दैन। कुरा बटारेर केही हुँदैन, सोझो, सरल र स्पष्ट ढाँचाले आमदेखि बौद्धिकसम्मको दिमाग रन्थनाउने कविता नै शक्तिशाली कविता हो। कविताको रूपबारे झगड़ा गर्नु अनावश्यक हो। कविता भनेकै कला हो, यहीँ धेरै चुक्छन्। र, कविताको नाममा तथानाम पनि आउनु भएन। कविता सचेत कारिगरी हो।
कुरा बटारेर केही हुँदैन, सोझो, सरल र स्पष्ट ढाँचाले आमदेखि बौद्धिकसम्मको दिमाग रन्थनाउने कविता नै शक्तिशाली कविता हो। कविताको रूपबारे झगड़ा गर्नु अनावश्यक हो।
  आम मानिसले बुझ्ने त लोक गीतहरु हुन् । कवितामा त छुट्टै श्रृङ्गार, माधुर्यता, बिम्ब–प्रतिक, अलंकारयुक्त हुनुपर्छ भन्ने होइन र ? लोकगीत चाहीँ श्रङ्गार, माधुर्यता, बिम्ब–प्रतिक अलंकारयुक्त हुन्नन् र ? त्यो उनीहरूका बेकारका कुरा हुन् । उनीहरूको बुझाई खराब नियतबाट आएको हुनसक्छ। के उनीहरूले सहज, सरल कविता श्रृङ्गार, माधुर्यता, बिम्ब प्रतिक अलंकारयुक्त हुँदैन भनेर देखाउन सक्छन् ? जसले यस्तो कुरा सोच्ने गर्छन्, उनीहरू धेरै भ्रमले सिकिस्त छन्। अबको साहित्य कस्तो लेखिनु पर्छ त त्यसो भए ? यस्तो लेख त म भन्दिन। तर मेरो समाज अहिले भारतीय केन्द्रले किनारमा पारेको समाज हो, त्यहीमाथि वैश्विक बजारवादले पनि निलिरहेको छ। भित्री बाहिरी कर्पोरेट्सहरूले हाम्रा संवेदनालाई मारेको छ, जसको कारण मानिस कुनै कम्पनीको उपभोक्ता, कुनै राजनैतिक दलको ‘भोट’, कुनै शक्तिकेन्द्रको दास मात्र बनिरहेको छ । यदि त्यो समाजमा ती थोकहरू जस्ले उसका जम्मै अधिकारहरूको विरुद्ध चुपचाप बस्ने मनोविज्ञान तयार पार्छ, त्यसबारे बोलिदिने साहित्य लेखियोस्, जम्मै जडताको विरुद्ध बोल्न सक्ने चेतनाको पक्षमा साहित्य लेखियोस्, मानिस र प्रकृतिको रक्षार्थ जम्मै मू्ल्यबारे बाटो देखाइदिने साहित्य लेखियोस्, मानिसलाई सामाजिक, राजनैतिक, सांस्कृतिक अन्तविरोधहरूबारे हेर्न सिकाउने ज्ञानानुशासनको निर्माण गर्न सक्ने साहित्य लेखियोस् भन्ने लाग्छ। \"manoj1\" तपाईको समग्र कुरामा विचार सहितको साहित्य हुनुपर्छ भन्ने आयो । नेपालका केही साहित्यकारहरुमा त  बिचार र राजनितिले भरिएको साहित्य साहित्य नै होइन भन्ने मत पनि छ नि ? कुनै पनि सर्जकले यसो भन्न सक्दैनन्। जसले भनिरहेका छन् उनीहरू सर्जक होइनन। विचार र  राजनीति नभएको साहित्य के साहित्य। विचार र राजनीति नभएको शब्दहरूको थाकमा सुत्ने ती महान लाशलाई मेरो सलाम छ। कुनै पनि कविताले कसरी के भनिरहेको छ ? त्यो सुन्नु पर्छ। कविताबाट कुनै आवाज आयो भने मात्र सुनिन्छ। आवाज चाँही आउने तर कुरा चैं नबुझिने भयो भने त्यो लाटो कविता भयो। त्यसको सेरोकार समाजलाई छैन, ती लेख्ने कविलाई बाहेक । आवाज आयो तर काम लाग्ने भएन भने पनि त्यसको प्रयोजन समाजमा रहेन। समाजलाई काम लाग्ने कुरा विचार नै हो। र जसले विचार गर्छ उसले राजनीति पनि गर्छ। राजनीतिको अर्थ धेरैले ’दल’ बुझ्लान्, राजनीति भनेको मानिसका मूल्यहरूबारेका ज्ञानुशासन हो। समाजलाई कुनै विचार दिन नसक्ने साहित्य कहीँ हुन्छ र ?
विचार र  राजनीति नभएको साहित्य के साहित्य। विचार र राजनीति नभएको शब्दहरूको थाकमा सुत्ने ती महान लाशलाई मेरो सलाम छ।
अन्तमा, हस्तक्षेप अभियानको आगामी योजना  ? हस्तक्षेप पत्रिकालाई निरन्तर गर्ने, एउटा पोएट्रिक व्यान्ड बनाएर मानिसहरूमा पुग्ने, छलफल र अन्तरक्रियात्मक काम गर्ने योजनाहरू छन्। यसो त कतिले सडकमा, कतिले ग्रामीण क्षेत्रमा, कतिले शहरी क्षेत्रमा कवितामार्फत मानिसहरूसित संवाद गर्ने काम जारी नै छ। यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने योजना पनि छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy