Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

मधेस आन्दोलन समाधानका लागि प्रधानमन्त्रीको अग्रसरतामा आज सर्वदलीय बैठक

\"kp_sharma_oli\"काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निकासका लागि प्रभावकारी पहल नगरेको आरोप लगाइरहेका बेला ओलीले आजैका लागि सर्वदलीय बैठक बोलाएका छन् । ओलीले मधेसमा जारी आन्दोलनका बारेमा छलफल गर्न आइतबार साँझ बस्ने गरी प्रमुख राजनीतिक दलको बैठक बोलाएका हुन् । बैठक अाज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।   मधेस आन्दोलन र नाकाबन्दीका कारण देखिएको सङ्कटबारे छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलको बैठक बोलाएको जानकारी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दिए । देशमा देखिएको समस्या समाधानका लागि प्रमुख दलको समान धारणा बनाउने उद्देश्यले आइतबार साँझका लागि बैठक डाकिएकोे हो । बैठकमा प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा (माओवादी), राप्रपा (नेपाल), मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) तथा राप्रपाका शीर्षनेताको उपस्थित हुने बताइएको छ ।   प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री संसट समाधानका लागि अग्रसर नै नभएको आरोप लगाइरहेका बेला मधेस आन्दोलनको समाधानका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् । कांग्रेस यस अघि बढेको संविधान संसोधनको वियधेक छलफल भई पारित भए मधेसीको केही माग पूरा हुने र अन्य विषयमा छलफल गरी धारणा बनाउन सहज हुने बताइरहेको छ । तर, सत्तारुढ दलहरु मोर्चाका नेताले संविधान संसोधनमा अघि बढेको प्रस्तवलाई मात्र मोर्चाले नमान्ने भन्दै प्याकेजमा सबैले मान्ने गरी अघि बढ्नुपर्ने पक्षमा छन् । कांग्रेसले बोलाएको छलफलमा पनि शनिबार सत्तारुढ दलका नेताहरुले पनि यस्तै अडान दोहोर्याएका थिए । तर, कांग्रेस भने आफ्नै सरकारमा अघि बढेको विधयेक पास गर्ने र सीमाकंन तत्काल नचलाउने पक्षमा रहेको एक नेता बताउँछन् ।   ‘विधयेकमा मधेसको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समावेशी समानुपातिकको विषय समेटिएको छ’ ती नेता भन्छन्, ‘ती माग मात्र पूरा गर्दा पनि मधेस शान्त हुन्छ अनि अरु विषयमा छलफल गर्दै जान सकिन्छ ।’ तर, कांग्रेसको यो तर्कका पछाडि सरकार नै समस्या समाधानको लागि तयार नभएको सन्देश प्रतिपक्षी कांग्रेसले आन्दोलनरत मोर्चा र जनमानसमा दिंदै सरकारलाई कमजोर बनाउने खेल गरेको आरोप सत्तापक्षीय नेताको छ ।   ‘आफ्नो सरकार हुँदा नै कांग्रेसले किन राजनीतिक समाधान गर्नका लागि पहल गरेन’ सरकारका उपप्रधानमन्त्री विजयकुमार गच्छदार भन्छन्, ‘अहिले आएर सबै विषय सरकारले मात्र गर्ने भनेर अप्ठ्यारो बनाउन पाइदैन । राजनीतिक हिसाबले मधेसको समस्या समाधान गर्नुपर्छ ।’   दलबीचको यस्तै अडानकाबीच आजको सर्वदलीय बैठकले झण्डै तीन महिनादेखि जारी मधेसलार्य साम्य बनाउन सक्छ की सक्दैन भन्ने प्रश्न अहम् बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy