Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सप्तरीमा यसरी भड्कियो आन्दोलन

\"saptari-2\"काठमाडौं । सप्तरीको भारदहमा शनिवार राती प्रहरीको गोली प्रहारबाट दुई आन्दोलनकारीको मृत्यु भएपछि आइतबार विहानैदेखि आन्दोलन झनै चर्किएको छ । रातीको घटनापछि आन्दोलन हिंसात्मक हुने स्थिति देखिएपछि आइतबार विहानदेखि स्थानीय प्रशासनले गोली जिल्लाको विभिन्न ठाउँमा कफ्र्यू आदेश जारी गरेको छ । सप्तरीको भारदह,रुपनी तथा राजविराजको केही ठाउँमा कफ्र्यू लगाइएको छ । कफ्र्यू जारी गरिए पनि आन्दोलनकारीले कफ्र्यूको उलंघन गरी ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ । कफ्र्यू लगाइएको स्थान तथा निषेधित क्षेत्रमा विहानैदेखि आन्दोलनकारी निस्कने प्रहरीले लखेट्ने क्रम चलि नै रहेको छ । केही ठाउँमा आइतबार दिउँसो पनि झडपहरु भएका छन् । कसरी चल्यो गोली ? सप्तरी, बारा, पर्सा, मोरङ लगायतका पूर्व जिल्लामा पर्ने मुख्य राजमार्गमा झण्डै दुई महिनादेखि प्रहरी स्कर्टिङ्मा गाडीहरु चल्दै आएका थिए । स्कर्टिङ्कैबीच पनि ठाउँ ठाउँमा आन्दोलनकारीहरुले बाधा पुर्याइरहेका थिए । दशैंसम्म पनि राजधानीबाट गएका यात्रुबाहक बसका शिसाहरु राजधानी फर्किँदा सग्लो हुँदैनथ्यो । यातायात ब्यवासायीहरुले लामो समयको बन्दबाट सास्ती भएको भन्दै खतरा मोलेरै भए पनि यातायात सञ्चालन गरिरहेका थिए । तिहार र तराईवासीको महापर्व छठको बेलामा भने आन्दोलन खुकुलो भएपछि गाडीहरु निर्वाध सञ्चालन हुँदै आएका थिए । आइतबारदेखि पुनः आन्दोलन चकाइएपछि भने राजमार्गलाई रातीको समयमा निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षाघेरामा यातायात सूचारु गरिएको थियो । आन्दोलनकारीले सडक अवरुद्ध गर्न सक्ने भएकाले प्रहरी सुक्षाकैबीच राजमार्गमा सञ्चालित लामो दूरीका गाडीहरुलाई गन्तब्यमा पुर्याउने काम शुरु गरियो । सप्तरीको भारदह क्षेत्र पनि मुख्य राजमार्ग अन्तर्गत नै पर्छ । सोही मार्गमा प्रहरीले स्कर्टिङ गरेर गाडी पार गराउँदै थियो । आन्दोलनकारी क्रस फायरमा मारिए रातीसम्म पनि राजमार्गको निषेधित क्षेत्रमा आन्दोलनकारीहरुले सडक खुल्न दिएनन् । प्रहरीले माइकिङ गरी अवरोध हटाउन आग्रह गरे पनि आन्दोलनकारी हटेनन् । उल्टै प्रहरी माथि नै जाइलाग्न थाले । आन्दोलनकारीहरु प्रहरीमाथि नै जाइलाग्न थालेपछि प्रहरीले बल प्रयोग गर्न थाल्यो । प्रहरीले बल प्रयोग गर्दा पनि नसकेपछि सैयौं राउण्ड हवाइ फायर भयो । आन्दोलनकारीले नटेरेपछि प्रहरीले गोली चलाउँदा दुई आन्दोलनकारी मारिए । \"saptari-1\"आन्दोलनकारीहरुलाई हटाउन भन्दै प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारीहरुले पनि गोली चलाएको प्रहरीको दावी छ । हजारौंको संख्यामा जम्मा भएका आन्दोलनकारीहरुले चारैतिरबाट प्रहरीलाई घेरा हालेपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाउनु परेको सप्तरीका एसपी भीम ढकालले बताए । आन्दोलनकारी र प्रहरी दुवैतर्फबाट गोली चलेपछि क्रस फायरमा नै उनीहरु मारिएको हुन सक्ने एसपी ढकालले बताए । प्रहरीले टियर ग्यास प्रहार गरी आन्दोलनकारीहरुलाई पछि हटाएको भए पनि घरेलु हतियार र भाला लिएर प्रहरीलाई नै घेरा हालेपछि प्रहरीले गोली चलाएको ढकालले जानकारी दिए । आन्दोलनकारीको आक्रमणबाट केही प्रहरीसमेत घाइते भएका छन् । आक्रोशित भिडले एसपी ढकालको गाडी जलाए सप्तरीको भारदह र रुपनीमा शनिवार राती प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा २ प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित भएका आन्दोलनकारीहरुले भारदह, रुपनी, सदरमुकाम राजबिराज लगायतका बजारमा विहानैदेखि प्रदर्शन गरेका छन् । कफ्र्यूको समेत उलंघन गर्दै प्रदर्शनमा उत्रिएका आक्रोशित भिडले आइतबार दिउँसो राजविराजमा प्रहरी प्रमुख एसपी ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनी गरिदिएका छन् । निकै आक्रोशित देखिएका आन्दोलनकारीहरुले रुपनी मोडमा रहेको प्रहरी बिट जलाइदिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आन्दोलनकारीहरु प्रहरी विट जलाउने, प्रहरीको गाडीमा आगो लगाउने तथा राजमार्गकै पुलहरु भत्काउने कार्यमा उद्धत रहेपछि प्रहरीले जिल्लामा थप सुरक्षा परिचालन गरेको छ । सुरक्षाको थप रणनीति बनाउने पूर्वाञ्चल प्रहरीहरुबीच पनि छलफल भएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy