Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

प्राविधिक टोलीले मूल्य टुंगो लगाएपछि मात्रै चीनसँग इन्धन सम्झौता हुने

\"petrol1\"काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण चरम इन्धन संकट भएको भन्दै चीनसँग इन्धन सम्झौता गर्ने तयारी गरेको नेपाल सरकारले अझैसम्म ब्यापारिक सम्झौता गर्न सकेको छैन । भारतले निम्त्याएको संकटका कारण अनुदानको तेल समेत उपलब्ध गराइसकेको चीनले ब्यापारिक सम्झौताको लागि नेपाल आयल निगमलाई पत्राचार गरिसकेको छ । चिनियाँ आयल कम्पनी पेट्रो चाइनाको निमन्त्रणा अनुसार सम्झौताका लागि नेपाल आयल निगमका कर्मचारीसहितका सरकारी अधिकारीहरुको टोली शुक्रबार नै चीन जाने तयारी गरेको थियो । तीन दिनअघि नै इन्धनको ब्यापारिक सम्झौता गर्न चीन जाने भनिएको सात सदस्य नेपाली प्रतिनिधि मण्डल रोकिएपछि प्राविधिक टोली चीन जाने भएको हो । प्राविधिक टोलीले इन्धनको खरिद मूल्य टुंगो लगाएपछि मात्रै चीनसँग ब्यापारिक रुपमा इन्धन सम्झौता हुनेछ । चीनसँग खरिद हुने इन्धनको मूल्य टुंगो लगाउन नेपाल आयल निगमको दुई सदस्यीय प्राविधिक टोली सोमवार चीन जाँदैछ । भारतसँगको मूल्य भन्दा चीनबाट ल्याउने तेलको मूल्य बढी पर्ने भएपछि सहमति हुन नसकेको बताइएको छ । मूल्य बढी पर्ने भएपछि चीनले कर छुट दिन आग्रह गरेको थियो । आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराई र कार्यकारी निर्देशकको कार्यालयका निमित्त निर्देशक दीपक बराल सोमवार चीन जान लागेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यका विषयमा चाइना नेशनल पेट्रोलियम कर्पोरेशन र चीन सरकारका अधिकारीहरुसँग छलफल गर्ने तय भएको आयल निगमले जनाएको छ । नेपालले कर हटाएर इन्धन दिन चीनलाई प्रस्ताव गरे पनि चीनले कर छुट दिने नदिनेबारे औपचारिक निर्णय गरिसकेको छैन । चीनले कर छुट गरेमा भने भारतीय आयल निगम (आईओसी)ले दिने मूल्यमै चीनबाट इन्धन नेपाल आइपुग्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE