Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

अबरोधले एम्बुलेन्समै शिशुको ज्यान गयो

\"ambulence\"विराटनगर । विरामी बोकेको एम्बुलेन्सलाई समेत चल्न नदिँदा विराटनगरमा सोमबार एक तीन महिने शिशुको एम्बुलेन्समै मृत्यु भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिकिस्त विरामी तीन महिने शिशु बोकेको एम्बुलेन्सलाई अवरोध पु¥याएपछि शिशुलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटैमा मृत्यु भएको हो । उदयपुरको गाइघाटस्थित जिल्ला अस्पतालबाट उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज ल्याउँदै गरेका शिशुको एम्बुलेन्समै मृत्यु भएको हो । गाईघाट अस्पतालले थप उपचारका लागि नोबेल रेफर गरेका त्रियुगा नगरपालिका–१५ का तीन महिनाका शिशु पदमबहादुर बुढाथोकीको बाटैमा मृत्यु भएको हो । निमोनिया भएर गम्भीर विरामी शिशुलाई उपचार असम्भव भएपछि जिल्ला अस्पताल गाईघाटले तत्काल थप उपचारका लागि नोबेल अस्पताल रेफर गरेको थियो । उदयपुर अस्पतालको सल्लाहअनुसार शिशुलाई नोबेल लाने क्रममा मोर्चाले अवरोध गरेपछि एम्बुलेन्स अस्पताल नपुगी बीचमै रोकिएको थियो । विरामी शशुलाई लिएर आएको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था गाईघाटको एम्बुलेन्सलाई मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह, कन्चनपुर लगायतका स्थानमा पटक पटक अवरोध गरेका थिए । विरामीको आफन्तको आग्रहमा धेरै समयपछि मात्रै प्रदर्शनकारीहरुले एम्बुलेन्स छाडेका थिए । ढिला गरी एम्बुलेन्स जाँदा सुनसरीको हरिपुर आइपुगेपछि शिशुको मृत्यु भएको शिशुका आफन्तले गुनासो गरे । मोर्चाका कार्यकर्ताले आफूलाई समेत धम्की दिएर एम्बुलेन्स तोडफोडको प्रयास गरेको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE