काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्य सरकार टिकाउनु नभएको भन्दै सरकारमा रहुन्जेल राम्रो काम गर्ने बताएका छन्।
एनजिओ फेडेरेशनले राजधानीमा गरेको कार्यक्रममा ओलीले भावुक हुदैँ आफूलाई कतिपय मानिसहरुले ुसरकार टिक्दैनु भन्न थालेको उल्लेख गरे। ुम स्पष्ट भन्न चाहान्छु कति मान्छेहरुले पनि भन्न पनि थालेका छन् ‘ यस्तै हो भने यो सरकार टिक्दैन। सरकार टिकाउनु र सरकारमा बसिरहनु मेरो उद्देश्य होइनु, प्रधानमन्त्रीले भने, म कति दिन बाँच्छु पनि मलाइ थाहा छैन। मान्छे त मर्छ। कहिले मरिएला चिन्ता गरेर बस्दिन। बाँचुन्जेल राम्रो काम गर्छु। सरकारमा छउन्जेल राम्रो काम गर्छु। देश र जनतालाइ निकै अगाडि बढाउँछु।’
प्रधानमन्त्री ओलीले आफू गाउँबाट आएर सिंहदरबार छिरेको मान्छे भएको पनि बताए। उनले भने –‘म गाउँबाट आएर सिंहदरबार बसेको मान्छे। चल्ते चल्ते होइन, केही भिन्न काम गर्छु। राष्ट्रिय एकता कायम गर्न आवश्यक काम गर्छुु’।
उनले तराईमा अनावश्यक सेन्टिमेन्ट भड्किएको दावी गर्दै भने ‘म आफैँ तराईको मान्छे हुँ। तराई बहुतै बेठिक बाटोमा गइरहेको छ। उद्योगहरु बन्द भएका छन्, विद्यालय बन्द छन्, केही मान्छेको स्वार्थमा तराई गलत बाटोमा गइरहेको छ। तराईका लागि के विकास गर्नुपर्छ म तयार छुु, । उनले आन्दोलनरत पक्षलाई हिसां नभड्काउन समेत आग्रह गरे। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका मागहरु सम्बोधनका लागि सरकार हदैसम्म लचकता साथ प्रस्तुत भएको उनको भनाई थियो।
ओलीले सरकारले लचकता प्रस्तुत गरेको भन्दै मोर्चाले जनजीवन सामान्यिकरण गर्न सहयोग गर्नुपर्ने धारणा राखे। लोकतान्त्रिक विधिबाट बनेको उत्कृष्ट संविधानमा असन्तुष्टि जनाउँदै हस्तक्षेप नगर्न घुमाउरो शैलीमा भारतलाई ओलीको आग्रह थियो।
नेपालका जनप्रतिनिधिले जनादेश बमोजिम निर्माण गरेको संविधानमा कसैले आपत्ति जनाउनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो। उनले अहिले जनताले भोग्नुपरेको दुख कष्ट छिट्टै हटेर जाने बताए।
प्रतिकृया लेख्नुहोस्: