Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

टेस्टेड र लाेभीपापी नेताले कसरी 'नयाँ शक्ति' बन्छ बाबुराम सर ?

\"Baburam-Meeting\"काठमाडौं । डा. बाबुराम भट्टराई भन्थे, ‘मलाई पार्टीमा अध्यक्षको लोभ छैन, म काम गर्ने मान्छे हुँ’ तर, वर्षौसम्म आफू लडेको पार्टीबाट अलग हुँदै नयाँ शक्ति खोल्ने खोल्दै उनले आफैं नेतृत्व पुग्ने गरी कार्यक्रम सुरु गरेका छन् । यसका पहिलेदेखि आफूर रहेको मूल पार्टीका असन्तुष्ट नेतालाई समेट्दै नयाँ शक्तिको नाममा अभियान चाल्दै अबको चार महिनामा उनले पार्टीको प्रमुख बन्नेगरी कार्ययोजना बनाएका छन् ।   वर्षौसम्म आफू लडेको पार्टीको प्रमुख हिस्सा भएर पनि सोही पार्टीका जस अपजस जति सबैलाई लत्याउँदै चोखिदै, उम्कँदै र जनतामा बाँडेका कार्यभारबाट भाग्दै उनले जब असन्तुष्ट मात्र र पुरानालाई मात्र भेला गरेर नयाँ शक्ति भन्न थाले यहीबाट उनको आलोचना हुन थालिसकेको छ ।   देश अति नै अप्ठ्यारो संक्रमणमा रहेका बेला अझै छिमेकीको गिद्दे दृष्टियुक्त नाकाबन्दीले देशमा संकट चुलिंदै गर्दा नयाँ शक्तिको हौवा फिजाएर उही पुरानाहरुको नेता बन्ने धुनमा बाबुराम रहेको भन्दै कथित नयाँ शक्ति नजन्मिंदै उनको आलोचनाको सुरुवात भइसकेको छ ।   केही दिनदेखि केही मधेसी, जनजाति नेताहरुकोसमेत साथ र सहयोगमा परम्परागत स्वार्थी नेताहरुको झुण्डलाई नै नयाँ शक्तिको नाम दिन थालेपछि उनले यसको औचित्य पुष्टि गर्न सक्छन् भन्नेमा शंका उत्पन्न भएको हो ।   भट्टराई नयाँ शक्ति बनाउन सक्छन्, यसका लागि उनी स्वतन्त्र पनि छन् । तर, व्यक्तिगत स्वार्थका लागि पार्टी फोड्दै अध्यक्ष बन्नका लागि मरिहत्ते गर्न खोज्नेहरुको साथ र सहयोगबाट उनले कसरी यसको औचित्य पुष्टि गर्छन् भन्ने प्रश्न आज भट्टराईतिर सोझिएको छ । उनको शक्तिमा आउने भनिएका उपेन्द्र यादव र अशोक राईहरुले कसरी नयाँ शक्ति हुन्छ ?   शक्ति नै बनाउन चाहेको हो र माक्र्सवाद नै सदाको लागि छोड्न चाहेको हो भने समाजका स्वतन्त्र विज्ञ र जुझारु युवाहरुको मन जित्न उनले किन सकेनन् ? उही टेस्टेड नेताको झुण्डले जबर्जस्त बनाइएको नेताले कसरी नयाँ शक्ति बन्छ बाबुराम सर ? हिजो उनीसँगै पार्टीमा रहेर काम गरेका र पार्टी बाहिरका स्वतन्त्र नागरिकको प्रश्न हो यो ।   अनि पद मेरो लागि ठूलो होइन काम ठूलो हो भन्दै आदर्श फलाक्ने नेताले चार महिनापछि आफू पार्टी अध्यक्ष बन्न पास गरेको पहिलो रोडम्यापपछि जनताले तपाईंलाई नयाँ शक्तिको रुपमा कसरी पत्याउँने ? किन पत्याउँने बाबुराम सर ?   त्यस्तै, पहिले आफू रहेका लोभीपापी नेतारुको केही झुण्ड पनि उनको साथमा देखिन्छ । यी सबै हेर्दा काम गर्न नसकी भागेका बरालिएका र स्वार्थ भएकाहरुले कसरी नयाँ गर्लान् भनेर विश्वास गर्ने । हिजो जनयुद्ध लड्दाको कार्यभार अझै पूरा भएको छैन भन्दै अझै केही वर्ष लाग्ने भन्दै फलाक्ने बाबुराम आज सबै आदर्शबाट यसरी भाग्नुको औचित्य उनले कसरी पुष्टी गर्छन् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE