Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कालोबजारी गर्ने नियतले पेट्रोल लुकाउने पम्पमा सिल

\"Capture\"चितवन ।  भरतपुरको हाकिमचोकमा रहेको अष्टभुजा आयल डिष्ट्रिब्यूटर्सले कालोबजारी गर्ने नियतले सर्वसाधारणलाई बाड्नुपर्ने पेट्रोल लुकाएको भन्दै वाणिज्य विभागले आज सिल गरेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वको टोलीले पेट्रोल पम्पमा सिल गरेर पम्प भाडामा सञ्चालन गर्ने खिलकान्त बर्तौलालाई थप अनुसन्धानका लागि भन्दै प्रहरीको जिम्मा लगाएको छ । निर्देशक बेल्बासेले पेट्रोल पम्पमा नौ हजार लिटर पेट्रोल आएकोमा सुरक्षा र अत्यावश्यक क्षेत्रलाई भन्दै तीन हजार लिटर मौज्दात राखिएको बताए । उनले बाँकी ६ हजार लिटर सर्वसाधारणलाई बाड्नुपर्नेमा ९०९ लिटर पेट्रोल बाँकी रहँदैमा सर्वसाधारणलाई सकिएको भन्दै फिर्ता पठाएपछि वाणिज्य विभागमा उजुरी परेको जानकारी दिए । सोही उजुरीपछि जिल्ला प्रशासन कार्यालय चितवनमा रहेका वाणिज्य अधिकृत नेत्र शर्माको टोलीले हिजै पम्पको निरीक्षण गरी शङ्कास्पद देखिएपछि विभागबाट टोली आएको हो । विभागका निर्देशक बेल्बासेले व्यवसायीले तेल लुकाएर कुनै ढङ्गले वितरण गर्न र अनुचित लाभ लिएर कालोबजारी गर्ने उद्देश्य देखिएको बताए । उनले पम्पको उपकरण हरेक वर्ष साउन मसान्तसम्म क्यालिब्रेसन ९परीक्षण० गराउनु पर्नेमा नगराएको, मास्टर मिटर परीक्षण नगराएको, ट्याङ्कीको मिटर परीक्षणसमेत नभएको, हरेक दिन मिटर रिडिङ अद्यावधिक गरेर मौज्दात राख्नु पर्नेमा त्यसो नगरिएको बताए । पम्प सञ्चालकलाई कालोबजार तथा  केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत कारबाही हुने बेल्बासेले बताए । सो क्रममा पम्पका चारवटा सटरमा ताला लगाई सिल गरिएको थियो ।  पेट्रोल पम्पले बाड्नुपर्ने पेट्रोल नबाँडी लुकाएको र स्थानीय प्रशासनले कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै जिल्लास्थित दलका नेताहरुले गुनासो गरिरहेका बेला पम्पमा सिल गरी कारबाही थालिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE