Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

भारतीय एसएसबीको ज्यादतीबारे सरकारले भारतको ध्यनाकर्षण गराउने

\"Shakti-basnet\"काठमाडौं  । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलको गोली लागेर आज बिहान चार जना नेपाली नागरिक घाइते भएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद् मातहतको राज्य व्यवस्था समितिको आजको बैठकमा उनले नेपाल–भारत सीमा दशगजा भन्दा नेपालतर्फ १०० मिटरभित्र साइकलमा रासायनिक मल ल्याउँदै गरेका किसानमाथि चलाएको गोली लागेर चार नेपाली घाइते भएको जानकारी दिए । घाइते हुनेमा हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सुरज यादव भएको र उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको गृहमन्त्री बस्नेतले बताए । उक्त घटनाको समग्र वस्तुस्थितिको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय दूतावासलाई जानकारी गराउँदै भारतको ध्यानाकर्षण गराउने बताए । ‘नेपाल भित्रने भारतीय नाकामा भएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा अत्यावश्यक वस्तुको सहज आपूर्तिमा देखिएको समस्यालाई हटाएर जनजीवनलाई सामान्य बनाउन सरकार क्रियाशील र संवेदनशील रहेको छ’– गृहमन्त्री बस्नेतले भने । मौज्दात पेट्रालियम पदार्थलाई आवश्यकता र प्राथमिकता निर्धारण गरेर न्यायोचित रुपमा बिक्री वितरण गर्ने तथा कालोबजारी रोक्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिहको उनले बताए । एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव ¥यालीमाथि हुँदै आएको आक्रमणबाट आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताउँदै उनले शान्ति सुरक्षाका लागि प्रहरीमाथि गुलेली र हातेबमबाट आक्रमण गर्नेलाई नियन्त्रण लिने क्रममा केही भागमा छिटफुट भिडन्त भएको जानकारी दिए । जनजीवनलाई सामान्य तुल्याउन, राजमार्गमा देखिएको अवरोध हटाउने कार्यलाई सरकारले सजकता र विशेष जिम्मेवारीका साथ काम गरिरहेको बताउँदै उनले औषधि बोकेको गाडी जलाउने, पुल भत्काउने तथा आगजनीका घटना गराउनेलाई कानुनी कठघरामा उभ्याउने र शान्ति सुरक्षाको भरपर्र्दो अनुभूति गराउन सरकार दृढ रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE