Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नाकाबन्दी र आन्दोलनले उब्जाएको समस्याप्रति कलाकारको चिन्ता

\"Capture\"काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दी र तराईमा जारी मधेस आन्दोलनले उब्जाएको समस्याबारेमा चलचित्रकर्मी चिन्तित बनेका छन् । लामो समयदेखि नाकाबन्दी र तराई बन्दले नेपालीहरुले पाएको दुः खको सरकारले समाधान गर्न नसकेको भन्दै कलाकारहरुले काठमाडौँमा मंगलबार शान्ति ¥याली निकाली सरकारलाई तत्काल समस्याको समाधान खोज्न आग्रह गरे । भारतले गरेको नाकाबन्दीप्रति राज्य मौन बसेकोले राज्यले चाँडै यसको निष्कर्ष निकाली समाधान खोज्न उनीहरुले सरकारलाई ध्यानाकर्षण गराएका हुन् । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष नवल खड्काले समस्याको छिटो समाधान खोज्न सबैभन्दा पहिला सरकार नै  सक्रिय हुनुपर्नेमा जोड दिए । भारत र नेपाल प्राचिनकालदेखिनै मित्रको रुपमा रहँदै आएकाले भारतले यसरी नेपालीलाई नाकाबन्द गरी दुःख दिनु राष्ट्रका लागि दुःखदायी भएको बताउँदै राष्ट्रका सबै जनता एक भएर लाग्नुपर्ने अवस्था आएको सङ्गितकार टीका भण्डारीको धारणा छ । उनले इतिहासमा नै सबैभन्दा दुःखदायी अवस्थामा देश रहेकाले र कलाकार सचेत नागरिक भएकाले जनतालाई सचेत बनाउन सबै एकभएर लाग्नुपर्ने बताए । हाँस्य कलाकार शिवहरि पौडेलले भारतले अघोषित रुपमा गरेको नाकाबन्दी खुलाउने सङ्केत नदेखिएकोले समस्यालाई अन्तर्राष्ट्रियकरण गरी समाधानको लागि अन्य देशबाटसमेत सहयोग माग्न सरकारलाई आग्रह गरे । कलाकार पौडेलले सात महिनाअघि भूकम्पकाकारण देशले ठूलो जनधनको क्षतिको सामना गर्नुपरेको थियो भने अहिले छिमेकी देशले गरेको अमानवीय व्यवहारले गर्दा देशको विकास दश वर्षपछि परेको भन्दै चिन्ता व्यक्त गरे । यो कलाकारको मात्र समस्या नभई देशभित्र रहेका सम्पूर्ण जनताले भोग्नुपरेको साझा समस्या हो, यसको समाधानका लागि सम्पूर्ण नेपाली एक ढिक्का भएर समाधान तर्फ लाग्नुपर्छ, अन्यथा यो समस्याले निकास पाउने छैन, भन्छन् हास्यकलाकार निर्मल शर्मा ‘गैँडा’ । सम्पूर्ण नेपाली एक साथ भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा छ, लोकगायक बद्री पङ्गेनीको । उनले छिमेकी देशले सीमित स्वार्थका लागि यसरी नाकाबन्द गरी इन्धन, औषधि लगायतका अत्यावश्यक सामग्री भित्रन नदिनु अमानवीय भएको बताए । यसरी भारतले नाकाबन्द गरिरहँदा नेपाली जनताले मात्र दुःख नपाएको स्वयम् भारतीय नागरिकले पनि समस्या भोगिरहेकाले सरकारले यसलाई छिटो समाधान गर्नुपर्छ, उनी भन्छन् । नेपालीले नेपाली भएर बाँच्न पाउनुपर्ने हक कसैले खोस्न नसक्ने बताउँदै अर्का हास्यकलाकार किरण केसी मधेसका जायज मागलाई सरकारले सम्बोधन गरी आन्दोलनरत पक्षलाई छिटो वार्तामा बोलाउनुपर्नेमा जोड दिए । सरकारले एक नाकाबन्द भए अर्को अर्को नाकाबाट भए पनि आवश्यक आयातित सामग्री ल्याउनुपर्ने उनले आग्रह गरे । उनले भने —‘म भारतीय प्रधानमन्त्री नेपाल आउँदा धेरै प्रभावित भएको थिएँ, तर नेपालीलाई उनले दुः ख दिन नाकाबन्द गरेकाले उनीप्रतिको श्रद्धा घटेको छ, छिमेकी देशलाई दिनुपर्ने पारवाहन सुविधा खोस्नु हुँदैन । यस्तै, अर्का कलाकार भुवन चन्दले भारतले नेपाली जनतालाई मात्र नभई आफ्ना नेपालमा रोजगारी गरिरहेका भारतीय नागरिकलाई पनि दुःख दिएकाले भारत सरकारले छिटोभन्दा छिटो राजनीतिक  स्वार्थ नराखी नाका खोली मानवताको नाताले पनि भारतले समस्या समाधान गर्न आग्रह गरे । भारतले गरेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यता विपरित भएकोले यसलाई खुलाउनु पर्छ भन्दै सञ्चारकर्मी तथा गायिका कोमल वलीले जनताको दुःख समाधान गर्न आग्रह गर्दै कलाकारले ¥यालीलगायतका विभिन्न कार्यक्रम गर्न लागेको बताए । चलचित्र कलाकार सङ्घले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी ज्ञापनपत्र दिएको र सोमबार मात्र भारतीय राजदूतलाईसमेत भेटी नेपाली जनताले पाएको दुःखका बारेमा अवगत गराई तत्काल नाकाबन्दी खोल्न अनुरोध गरेको अध्यक्ष खड्काले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE