Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सुनसरी घटनाबारे सरकारले माग्यो भारतसँग जवाफ

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालमै छिरेर गोली हानी चार नेपालीलाई घाइते बनाएको गृहमन्त्रालयले पुष्टि गरेको छ । नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति निकालेर एसएसबीको गोलीबाट कुनै पनि नेपाली घाइते नभएको र घाइते भएकाहरु तस्करहरु रहेको भनेर झूठो व्यक्तव्य निकालेको थियो ।

\"Home-Ministry-640\"तर, गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले एसएसबीका जवानले दशगजाबाट सय मिटरभित्र नेपाली भूमिमा छिरेर नेपालीमाथि गोली हानेर घाइते बनाएको बताए ।

‘भारतीय सीमा सुरक्षाका जवानले सीमानाबाट सय मिटरभित्र छिरेर चारजना नेपालीमाथि गोली हानेको स्थानीय प्रशासनबाट जानकारी आएको छ’, प्रवक्ता ढकालले भने, ‘भारतीय भूमिबाट नेपालतर्फ सामान लिएर आइरहेका केही व्यक्तिहरुसँगको तनावपछि एसएसबीले नेपाली भूमिमा आएर गोली हानेका खुलेको छ ।’

नेपालीमाथि भएको गोली प्रहारबारे जानकारी माग्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाएको प्रवक्ता ढकालले जानकारी पनि दिए ।

भारतीय भूमिबाट दैनिक उपभोग्य सामाग्री किनेर फर्किरहेका सुनसरीको हरिहरपुर ७ का स्थानीय बासिन्दाहरुलाई एसएसबीले मंगलबार साँझ गोली हानेको थियो ।

उनीहरुलाई रोक्न खोज्दा नमानेको र उल्टै हतियार खोस्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको भारतीय पक्षले दाबी गरेको छ । तर, सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भारतीय पक्षले भनेजस्तो नभएको बताएका छन् । एसएसबीका जवानले अन्धाधुन्ध गोली हानेर नेपालीलाई घाइते बनाएको उनले बताए ।

प्रजिअ पन्थ बुधबारै घटनाबारे बुझ्न हरिहरपुर ७ पुगेका थिए । उनीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका जिल्ला प्रमुखहरु पनि थिए । टोलीले स्थानीय र एसएसबीसँग घटनाबारे सोधपुछ गरेको थियो । एसएसबी रतना पोष्टका प्रमुख रणबीर सिंहले गोली हान्नेमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।

भारतीय तस्करहरुबाट कुटिएपछि आक्रोशित एसएसबीका करिब १० जनाले नेपालमा आएर गोली हान्दा हरिपुर गाविस–७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव घाइते भएका छन् । घरमा आगो तापेर बसीरहेका उनीहरुमाथि एसएसबीले मल तस्करहरु कता छन् भन्दै गोली हानेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy