Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

वन मन्त्री अग्नि सापकोटाका यस्ता छन् २७ बुँदे प्रतिबद्धता

काठमाडौं । वन तथा भू–संरक्षण मन्त्री अग्नि सापकोटाले भावी सुधार र सेवाका लागि बुधबार २७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

\"Agni-Sapkota\"जिल्ला विकास समिति काठमाडौंको हलमा मन्त्रालय मातहत र सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मन्त्री सापकोटाले भूकम्प प्रभावित क्षेत्रमा नवनिर्माण र पुनःनिर्माणका लागि तत्काल काठ उपलब्ध गराउने बताए ।

उनले भूकम्पबाट अति प्रभावित जिल्लामा भू–क्षय र क्षतिगस्त जमिनको संवेदनशीलता अध्ययन गरी विशेष संरक्षण योजना तयार गरी कार्यान्वयनका लागि आवश्यक थप बजेट व्यवस्था गर्न पहल गरिने वताए।

प्रतिबद्धतापत्रलाई सरोकारवाला विज्ञको सुझावका आधारमा थप गर्न सकिने मन्त्री सापकोटाले उल्लेख गरे। उनले इन्धन अभावको सङ्कट न्यूनीकरणका लागि काठमाडौँ उपत्यकामा दाउरा बिक्री सुरु गरिएकामा र सो कार्यलाई अझ व्यवस्थित गरी आवश्यकताअनुसार निरन्तरता र विस्तार गरिने जानकारी दिए ।

“वन सम्वद्र्धन प्रणालीमा आधारित वनको वैज्ञानिक व्यवस्थापन गरी समग्र वन स्रोतका दिगोपना कायम राख्दै वन पैदावारको सहज आपूर्ति, रोजगार सिर्जना र स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने व्यवस्था गरिने छ”– मन्त्री सापकोटाले भने ।

सो प्रतिवद्धतापत्रमा सुशासन कायम गर्न अनियमितता रोकथाम र भ्रष्टाचार नियन्त्रण सम्बन्धमा शून्य सहनशीलता अपनाइने, कर्मचारीको निश्चित लक्ष्य तोकी कार्यसम्पादन सम्झौतामार्फत बढी व्यवसायिक र लक्ष्योेन्मुख बनाई नतिजाअनुसार गुण र दोषका आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिने रहेका छन् ।

कार्यक्रममा सरोकारवालाले प्रतिबद्धता गरिएका कार्यको कार्यान्वयन पक्षमा बढी ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE