Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

परासीको सामुदायिक रेडियोमा पेट्रोल बम प्रहार

\"radioनवलपरासी । नवलपरासीको परासीस्थित सामुदायिक रेडियो परासी प्रशारण केन्द्रमै अज्ञात समूहले बुधवारराति पेट्रोल बम प्रहार गरेको छ । पेट्रोल बम प्रहारबाट रेडियोको भवनमा क्षति भएको छ । वम विस्फोटसंगै रेडियोको प्रशारण अनिश्चित समयका लागि बन्द भएको रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमले बताए । रेडियो स्टेशनको सुरक्षा नभएको तथा पटक पटक धम्की आउने क्रम जारी रहेकाले रेडियो सन्चालन गर्न सक्ने स्थिति नरहेको भन्दै आज विहान साढे ६ बजेदेखि अनिश्चितकालका लागि रेडियोको प्रसारण बन्द गरिएको रेडियोका प्रवन्ध निर्देशक गौतमले बताए । राति करिव दश बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हो । त्यस्तै रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको छ । आगलागीबाट मोटरसाईकल पूर्ण रुपमा ध्वस्त भएको छ । पेट्रोल बम प्रहार गर्नु अघि ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरी धम्की पनि दिईएको थियो । गौतमका अनुसार समाचारका विषयलाई लिएर धम्की आएको हो । \"bike\"त्यस्तै मधेसमा जारी आन्दोलनको क्रममा समाचार लेखेकोका आधारमा बेला बेलामा पत्रकारहरुलाई धम्की समेत आउने गरेको छ । घटनाको अनुसन्धान भईरहेको र दोषी चांडै नै पक्राउ पर्ने नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । रेडियो स्टेशनमा भएको यस किसिमको घटना प्रति सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चायले घटनाको घोर भत्र्सना गरेका छन् । संचारगृह माथि भएको घटनाप्रति वोडकाष्टीङ्ग एशोसेशन अफ नेपाल पश्चिमाञ्चल सदस्य सागर पोखरेल, सामथ्र्य एफ. एम.का अध्यक्ष दीपक लम्साल, प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपरासीका अध्यक्ष विद्रोही गिरी, सञ्चारगृह सञ्जाल नवलपुर, प्रेश युनियन नवलपरासीका अध्यक्ष श्रीराम सिग्देल, क्रान्तिकारी पत्रकार संघ नवलपरासीका अध्यक्ष दिपक भट्टराई, क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका अध्यक्ष रामकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाहरुले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै विज्ञप्ती मार्फत् घटनाको भत्सना गर्दै अविलम्ब दोषीको पहिचान गरी दोषीमाथि कारवाही, सन्चारगृहले समाचार सम्प्रेशण गर्न पाउने वातावरण र शान्ति शुरक्षाको व्यावस्था गर्न सम्बन्धित पक्ष सग माग गरिएको छ । त्यस्तै दोषीको शीघ्र पहिचान गरी कडा कारवाही गर्न र पत्रकार र सञ्चारगृहको सुरक्षाको व्यवस्था मिलाउन माग समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE