Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

कांग्रेस सभापति कोइरालाले आफ्नो र मुलुकको स्वास्थ्यलाई जोडेपछि ......

\"Sushil_Koirala\"काठमाडौँ । काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको वर्तमान समस्या पनि समाधान हुने बताएका छन् । संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई बिहीबार साँझ स्वदेश फकिएका कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई लागेको क्यान्सर रोग पूर्णरुपमा निको भएको र मुलुकको वर्तमान समस्या पनि वार्ता र सहमतिका माध्यमबाट छिट्टै समाधान हुने बताए । सभापति कोइरालाले आफूलाई जिब्रो र फोक्सोमा क्यान्सर भएको र चिकित्सकले चार÷चार महिनामा ‘फ्लोअप’का लागि बोलाएको भए पनि आफू एक वर्षमा जाँदा पनि चिकित्सक पूर्णतया निको भएको (क्लिन चिट) भनी खुसी व्यक्त गरे । तराई–मधेसमा भइरहेको आन्दोलनको माग समाधानका लागि आफू नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी गराउँदै उनले भने, ‘संशोधनको प्रक्रिया अघि बढे आन्दोलनको माग सम्बोधन हुन्छ, यसमा सबै लाग्नुपर्छ ।’ मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि कुनै पनि किसिमको खतरामा हुन नहुने भन्दै सभापति कोइरालाले आन्दोलनरत दललाई पनि आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरे । मधेसमा उठेका मागलाई पूर्णरुपमा बेवास्ता गरेर अघि बढ्न पनि नसकिने विचार पनि उनले व्यक्त गरे । मुलुकको इतिहासमा पहिलोपटक संविधानसभाबाट लोकतान्त्रिक संविधान बनेको र यसले सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र र लिङ्गको अधिकार सुनिश्चित गर्नुका साथै सबैको पहिचानलाई उजागार गरेकामा सबैले संविधानप्रति गर्व महसुस गर्नुपर्ने धारणा उनको थियो । काँग्रेस प्रतिपक्षमा भए पनि आन्दोलनरत दलसँग वार्ता र सहमतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउँदै सभापति कोइरालाले सत्ता पक्ष र आन्दोलन पक्ष पनि संवेदनशील भएर सहमतिमा आउनुपर्नेमा जोड दिए । काँग्रेसको आसन्न महाधिवेशनमा तपाइँको उम्मेदवारी के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले त्यसबारेमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै त्यसबारेमा पार्टीका नेता तथा साथीभाइसँग छलफल गरेपछि जे हुन्छ सोहीअनुसार अघि बढ्ने बताए । राससकाे सहयाेगमा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy