Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

‘खनालको चर्चामा आउने पूरानै तरिका’

\"Rameshore-Prasad-Khanal\"काठमाडौं । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समितिको अध्यक्ष रामेश्वर खनाल लगायत सबैले राजिनामा दिनुको पछाडी जेजस्ता कारणहरु देखाइएपनि खनालले दादागिरी देखाउन नपाएपछि परिणाम भएको कुरा खुल्न आएको छ ।   पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवाद भएपछि राजिनामा दिएर एकाएक चर्चामा आएका पूर्व सचिव खनाललाई यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली कांग्रेसका केही नेताहरुले पुलपुल्याएका थिए । राज्यमन्त्री सोसरहको सुविधा लिएर समितिका अध्यक्ष बनेका खनालले वन मन्त्रालयको सल्लाहा र परामर्श विना नै समितिको गूरुयोजनामा छलफल कार्यक्रम राखेर वनमन्त्रीलाई जानकारी गराउन पुगेपछि वनमन्त्री अग्नी सापकोटाले हप्काएर पठाएका थिए ।   समितिले मन्त्रालयसँग समन्वय गर्नुको साटो कार्यक्रमका सबै रुपरेखा तय गरि उपसभामुखलाई प्रमुख अतिथि र वनमन्त्रीलाई विशेष अतिथिको निम्तो त्यासअघि नै पठाइसकेका खनाल औपचारिकताका लागी मन्त्री भेट्न पुगेका थिए ।   कार्यक्रम तय हुँदा संविधानसभाका महासचिवसँग खनालले सल्लाहा गर्नुपर्ने कुनै साइनो थिएन तर खनालले महासचिवसँग सल्लाहा गरेको गैरजिम्मेवार कुरा सुनाएपछि सापकोटाले विधि, प्रक्रिया र सरोकार पक्षसँग किन सल्लाहा नगरेको भनी सोधेका थिए । खनालले सल्लाहा नगर्ने र बरु आफै राजिनामा दिने भनेर मन्त्रीलाई धम्क्याएपछि सापकोटाले ‘त्यो अधिकार तपाईलाई छ’ भन्दै पठाएका थिए ।   वन मन्त्रालयका अर्का एक अधिकारी भन्छन् –‘खनाल जी को यो पुरानो रोग हो मन्त्रीहरुसँग विना कारण विवाद गर्ने र चर्चामा आउने । उहाँलाई कांग्रेसले राजनीतिक नियुक्ति दिएको हो उसैपनि नैतिकताका आधारमा राजिनामा दिनुपर्ने ठाउँमा निहुँ खोजेर चर्चामा आउनुभयो । उहाँले १ वर्षसम्म समितिको के काम काम गर्नुभर्याे ? राज्यमन्त्री सो सरहको भत्ता लिनेबाहेक ? ’   अहिले खनाल लगायतका समितिका सबै सदस्यहरुले राजिनामा दिएका छन् । मन्त्रालय स्रोतका अनुसार खनालले आफ्नो पदिय मर्यादाभन्दा पनि मन्त्रालय र मन्त्रीलाई समेत नटेरेपछि यस्तो अवस्था आएको हो । मन्त्रीका स्वकिय सचिव युवराज दुलालका अनुसार खनालले समितिको काम कारवाही भन्दा पनि मन्त्रालयलाई नै हेप्न खोजेपछि यस्तो अवस्था आएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy