Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

रन्जीत रेले भने, समस्या अन्यत्र पन्छाउँदा गम्भीर अवस्था आउन सक्छ

\"Indian_Eagle_Ranjit_Ray_9814648221\"काठमाडौं । नेपालका लागि भारतीय राजदुत रन्जीत रेले भारतले नेपालमा कुनै नाकाबन्दी नलगाएको बताएका छन् । बीबीसीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको भन्ने आरोपलाई सोझै अस्वीकार गर्दै उनले नेपालीहरुलाई भारतको हैन, आफ्नै मुलुकको बारेमा चिन्ता लिन सुझाव समेत दिए। उनले यथार्थमा नेपालमाथि कुनै पनि सिसिमको नाकाबन्दी नभएको  र तराईमा भइरहेको अवरोधका कारण आपूर्तिमा समस्या उत्पन्न भएको बताए । उनले तराईमा भइरहेको हिंसात्मक झडपहरुका कारण समस्या उत्पन्न भएको बताए । राजदुत रेले काठमाण्डौंमा देखिएको गाडीको चापलाई हेरेर इमान्दारीपूर्वक नाकाबन्दी हो या के हो भनेर प्र्रतिप्रश्न गरे ।  समधान समस्यालाई  नगरी अन्यत्र नपन्छाउन खोजे गम्भीर समस्या उत्पन्न हुनसक्ने समेत उनले बताए । उनले औषधी लगाएतका सामान किन रोकेको भन्ने प्रश्नमा औषधि आयातमा कुनै समस्या उत्पन्न नभएको बताए ।  उनले भने, “सीमानाकामा भइरहेको अवरोध आधारभूत रुपमा राजनीतिक प्रकृतिका समस्या हुन् ।” उनले जानाजान सड्ने तरकारीको ट्रक पठाएर इन्धनका ट्रकहरु नरोकेको प्रष्ट पारे । “पालोमा आलुको ट्रक वा इन्धनको ट्रक जे पनि हुन सक्छ। हामीले जानाजान कुनैलाई रोक्न खोजेको होइन।” उनले भने । भुकम्पबाट समेत पिडित नेपालीहरुको पीडालाई उनले भावनात्मक कुरा भन्दै पीडाबाट मुक्ति दिलाउन केही त गर्नै पर्छ भने । उनले जोड दिएर भने, “यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ। यदि तपाईं सही निदान गर्नुहुन्न भने र अन्यत्र त्यसलाई पन्छाउनुहुन्छ भने तपाईं गम्भीर समस्यामा पर्नुहुन्छ।” उनले भने, “विगतमा भारतले सहजकर्ताको भूमिका बहन गर्ने प्रयास गरेको थियो, त्यो पनि नेपालकै अनुरोधमा। हाम्रो एकमात्र उद्देश्य भनेको नेपालमा शान्ति र स्थिरता होस्। विविधतापूर्ण देशमा समाजका सबै पक्षलाई साथमा लिएर अघि बढेमा मात्र शान्ति र स्थिरता हुन्छ। यदि कुनै पक्षले आफुलाई कुनै प्रक्रिया, जस्तो कि संविधान निर्माणको प्रक्रियाबाट, अलग्याइएको अनुभूति गर्छ भने कठिनाइ उत्पन्न हुन्छ। यो पनि नबिर्सनुस् कि भारत र नेपाल बीच खुला सीमाना छ। जब नेपालका कुनै भागमा समस्या हुन्छ भने त्यसले प्रष्ट रुपमा भारतमा असर हुन्छ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE