Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नेता नेपालले भने –‘मधेसवादी दलको माग मुलुक असफल पार्नेमात्र’

\"Madhavइटहरी । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसवादी मोर्चाको माग केवल देशलाई असफल पार्ने र दुनियाँलाई हँसाएर नेपालीलाई कष्टमा डुबाउने बाहेक अरु केही नभएको दाबी गरेका छन्  । नेता नेपालले इटहरीस्थित आज सञ्चारकर्मीहरुसँगको भेटमा आफ्नो धारणा राख्दै तराईवासीलाई उनीहरुले भनेभन्दा धेरै अधिकार संविधानले प्रत्याभूत गरिसकेको विषयलाई अझै मधेसवादी दलहरुले यथार्थ जनतासम्म पु¥याउन नचाहेको पनि स्पष्ट पारे । बिहीबार साँझ इटहरीमा आइपुगका वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेसमा लामो समयदेखि बस्दै आएका नेपाली जनतालाई समृद्ध बनाउने विषयमा सत्तामा बस्दा चाहिँ उनीहरुले किन योजना अघि सार्दैनन् त भनि प्रश्न गरे । वरिष्ठ नेता नेपालले कसैप्रति सङ्केत नगरी कसैको उक्साहटमा गरिएको मधेस आन्दोलन र मधेसवासीको अधिकारका लागि भनिएको यो आन्दोलन सीमित व्यक्तिको स्वार्थसँग गाँसिएको विषयमा मधेसवासी आम नेपाली जनतालाई बुझाउन जरुरी रहेको उनले औंल्याए । मधेसका वास्तविक नेपाली जनतालाई दास बनाउने कार्यमा मधेसवादी दलका नेताहरुले नै लामो समयदेखि प्रयत्न गरेको र उनीहरुलाई माथि उठ्नसमेत नदिने प्रपञ्चमा मधेसवादी नेताहरु नै रहँदै आएको तथा त्यस क्षेत्रमा कुनै पनि हिसाबले राज्यले विभेद नगरेको नेपालले तर्क गरे । कुराकानीका क्रममा उनले नयाँ संविधान मधेसमैत्री भएको दाबी गरे। तर मधेसवादी दलले मधेसका जनतामा संविधान विरोधी भ्रम फैलाएको बताए । त्यो भ्रमलाई चिर्न राजनीतिक दलले नसकेको भने उनले स्विकार गरे । तराई मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्ने वरिष्ठ नेता नेपालको जोड छ । संविधानमा केही शब्द समेट्दा वा थप्दा मधेसवादी दलहरुलाई चित्त बुझ्छ भने समेट्न सकिन्छ तर अशान्ति र अराजकता भने उनीहरुले त्याग्नुपर्ने वरिष्ठ नेता नेपालले बताए । सुनसरी र मोरङलाई टुक्र्याएर २ नं प्रदेशमा मिसाउने कुरामा एमालेको समर्थन नरहने प्रस्ट पार्दै उनले भने – ‘यहाँका जनता २ नं प्रदेशमा जान चाहँदैनन्, एमाले जनताको भावना विपरीत जाँदैन र कहिल्यै गएको पनि छैन ।’ सीमाङ्कनको विषय सङ्घीय आयोगमार्फत समाधान गर्न सकिने उनको भनाइ रहेको छ  । त्यसमा असहमत हुने हो भने दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्न उनले मधेसवादी दलहरुलाई चुनौती पनि दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE