Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

भारतीय नाकाबन्दीको विरोधमा भारतीय विद्यालयहरु पनि सहभागी

\"Manb-Sanglo-at-Ring-road\"काठमाडौं । सय दिन भन्दा बढी समयदेखि तराई–मधेसमा आन्दोलन जारीरहँदा भारतले गरेको नाकाबन्दीले इन्धन अभाव हुँदा विद्यार्थीहरुले पढाइ प्रभावित भएको भन्दै निजी विद्यार्थीहरु शुक्रबार सडकमा ओर्लिए । निजी विद्यालयहरुको संगठन प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विद्यार्थी संघ संगठनहरु, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन. इष्टू र हिसान लगायत अपिन संबद्ध संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राजनीतिक दल सम्बद्ध सबै विद्यार्थी संगठनहरुले पनि साथ दिएका थिए । भारतले गरेको नाकाबन्दीको विरोधमा निजी विद्यालयहरुको विभिन्न संस्थाहरुको आयोजनामा गरिएको नाकाबन्दीको विरोधमा गरिएको कार्यक्रममा केडिया ग्रुप लगायतका भारतीय पक्षद्वारा सञ्चालित विद्यालयहरुले पनि सहभागिता जनाए । शुक्रबार सडकमा उत्रिएका विद्यार्थीहरुले काठमाडौं चक्रपथको २७ किलोमिटर सडकमा हातमा हात जोडेर विद्यार्थीहरुले मानव साङलो बनाए । हात हातमा प्लोकार्ड बोकेर एकआपसमा हात जोडेका विद्यार्थीहरुले भारतले गरेको नाकाबन्दीको चर्को विरोध गरे । भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले पढ्न पाउने अधिकार कुण्ठित भएको विरोधमा उनीहरुले आफ्ना विद्यार्थीहरुलाई सडकमा उतारेका थिए । ‘बाँच्न र पढ्न देऊ’ भन्ने नाराका साथ विद्यार्थीले काठमाडौंको चक्रपथमा साङलो बनाएर प्रदर्शन गरे । विद्यार्थीको पढ्न पाउने अधिकार बञ्चित भएको यो समस्यालाई अन्तर्रा्ष्ट्रियकरण गर्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन यो अभियान चलाएको प्याब्सनले जनाएको छ । विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग सहितको प्रदर्शनमा सवै विद्यार्थी संगठनको सहभागिता रहेको एकीकृत माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताए । राष्ट्रिय झण्डा, प्लेकार्ड र आ–आफ्ना विद्यालयको ब्यानरसहित सहभागी विद्यार्थीहरुले कलंकी, स्वयम्भू, बालाजु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर हुँदै कलंकीसम्मकै २७ किलोमिटर मानव साङ्लो बनाएर मौन प्रदर्शन गरे । विद्यार्थीहरुले मानव साङलो बनाउँदा मौन प्रदर्शन गरे पनि मानव साङलोपछि विद्यालय फर्किने क्रममा भने विद्यार्थीहरुले भारतविरोधी चर्का नाराबाजी गरेका थिए । उनीहरुले भारतीय हस्तक्षेपको विरोध गर्नुका साथै ‘ब्याक अफ इण्डिया’ भन्ने नारा लगाएका थिए । मानव साङ्लो प्रदर्शनमा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरु मात्रै सहभागी भनिए पनि साना बालबालिकाहरु पनि सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE