Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

राष्ट्रलाई बन्धकी राखेर सरकारले कसैको गलत माग पुरा गर्न सक्दैन – राज्यमन्त्री शाही

\"????????????????????????????????????\" भक्तपुर । संघिय मामिला तथा स्थानियविकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले राष्ट्रलाई बन्धकी राखेर कसैको दबाबमा आन्दोलनका नाममा गलत मागहरुको सम्बोधन गन नसकिने बतएकी छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले उत्त कुरा बताएकी हुन । मधेश आन्दोलनका जायज मागलाई राजनीतिक रुपबाट सम्बोधन गर्नु पर्ने भन्दै उनले भनिन ‘राष्ट्रलाई बन्धकी राखेर कसैको दबाबमा आन्दोलनका नाममा गलत मागहरुको सम्बोधन गर्न सरकारले गर्न सक्दैन । एक अर्को प्रसंगमा उनले स्थानिय निकायको निर्वाचन तत्काल गरिने पहल मन्त्रालयले थालेको बताएकी छन् । शाहीले स्थानिय निकायको निर्वाचन स्थानिय जनताको माग भएता पनि आवाज पुग्न नसक्दा निर्वाचन ढिला भएको र संविधान सभाको निर्वाचनकै समयमा दलहरुको घोषणपत्रमा समेत छ महिनाभित्रै गरिने भनेको स्थानिय निकायको निर्वाचन हुन नसकेकाले जति सक्यो छिटो निर्वाचन गरिने बताइन । उनले सरकारले नेपाली नागरिकलाइ संविधानमा उल्लेख भएका अधिकारका बारे जानकारी दिन नसकिरहेको अवस्था सबै मातृभाषामा संविधान उल्लेख गरेर एक महिने जनताको संविधान राष्ट्रिय अभियान सञ्चालनगर्न लागेको समेत बताइन  । उनले भारतले गरेको अघोषित नाकाबन्दी पश्चात नेपालमा कालो बजारीको बिगबिगि बढेको र त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको समेत बताइन । नेपाली सिमापार गरेर नेपाली नागरिक माथि जसरी भारतिय सुरक्षा बल एस एस बी ले गोली हानेका छन् यसले दुई देश बीचको सम्बन्धलाई अझ असर पार्ने र भारतका सुरक्षाकर्मीले गरेको आक्रमण नियन्दनीय भएको भन्दै उनले भनिन ‘नेपाल सरकारले यो घटनाबारे जानकारी भारतिय राजदुताबासलाइ जानकारी दिइ सकेकाले भारतले यस बारे तत्काल छानबिन गरेर दोषिलाई कारवाहि गर्नु पर्छ ।’ उनले यो सरकार को आयु सरकारमा बसेर काम गर्नेहरुमा निर्भर रहेको भन्दै सरकारमा बसेकाले आफ्नो र दलको हित भन्दा पनि नेपाल र नेपालीका लागि कति काम गर्न सक्छन् त्यसमै सरकारको आयु निर्भर रहने बताइन । नेपाल सदबै परनिर्भर देशका रुपमा बिकास गर्ने काम भयो जसकारण यो अघोषित नाकाबन्दी पश्चात नेपालीले ठूलो सास्ती भोग्नु पर्यो, अव स्थानिय स्तरमा भएका विभिन्न स्रोत र साधनको पहिचान गरि आत्मनिर्भर बन्नु पर्ने र सरकारले त्यस्ता खालका प्याकेज ल्याउनु पर्नेमा उनले जोड दिइन । उनले भनिन ‘दक्षिण तर्फको नाकाबन्दीपश्चात जसरी उत्तर तर्फका नाकाहरु खुलाउने र विभिन्न नेपालका लागि हितकर सम्झौता गरिदैँ छ यसले केही भएपनि नेपालीलाई राहत पुग्ने छ ।’ भुकम्पपश्चात थिलो थिलो बनेको नेपालको पुर्ननिमार्णमा प्राधिकरणको महत्व पूर्ण भूमिका रहने भन्दै उनले सक्षम ब्यक्तिहरुको पहिचान गरि नियुक्ति गरी छिटो भन्दा छिटो प्राधिकरणलाई पूर्णता दिनु पर्ने बताइन  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE