Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

भारतले घोषित रुपमै नाकाबन्दी गर्दैछ !

\"Nakabandi\"काठमाडौं । भूकम्पले थलिएका नेपालीलाई झण्डै दुई महिनायतादेखि भारतले निर्मम नाकाबन्दी गरेपछि नेपाली जनजीवन प्रभावित भएको छ । इन्धन, दैनिक खाद्य सामग्री, प्रयोजनका अन्य वस्तुको अभाव र कालोबजारीले गर्दा सकस झन् चुलिंदो छ । तर, भारत अघोषित रुपमा लगाएको नाकाबन्दी फिर्ता गर्न २० को १९ भएको छैन । उल्टै मधेसको समस्यालाई देखाउँदै घोषित रुपमैं नाकाबन्दी लगाउनेसम्मको तयारीमा पुग्ने चेतावनी आफ्ना सूत्रमार्फत दिइरहेको छ ।   भारतको अझैको चाहना भनेको मधेसका केही दललाई हतियार बनाउँदै नेपाललाई झन् कडा नाकाबन्दीमा धकेल्ने योजना भएको बुझिएको छ । सत्तारुढ दलहरुले वार्ता र संवादमा जोड दिइए पनि मधेसी दलहरु तयार नहुनु उनीहरुको आन्दोलनमा दमन भए भारत घोषित रुपमा नाकाबन्दी गर्नसमेत पछि नपर्ने गरी संचारमाध्यममा समाचार आइरहेका छन् । नेपालका सुरक्षाकर्मीले बल प्रयोग गरे झ्न् धेरै मधेसीहरु तराईबाट विस्थापित हुने र भारतले आन्तरिक सुरक्षा खल्बलिन नदिन बोर्डर सिलसम्म गर्न सक्नेसम्मको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।   भारतीय विज्ञहरुको हवाला दिंदै नेपालमा बल प्रयोग गरिए मधेसीहरु भारतमा आश्रय लिन जानुपर्ने भन्दै सो पत्रिकाले लेखेको छ–‘त्यस्तो वेला मधेसका कारण बिहार, उत्तर प्रदेशलगायत नेपालको छिमेकी प्रान्तमा सुरक्षा खल्बलिए भारतले घोषित रूपमै नाका सिल गर्ने अवस्था हुनसक्छ,’ इन्स्टिच्युट फर स्टडिज एन्ड एनालाइसिस (आइडिएसए)का नेपाल मामिला अनुसन्धाता निहार नायकले भने, ‘मधेस शान्त नहुँदा हाम्रो सुरक्षा चासो थपिन्छ, मधेसको दीर्घकालीन शान्ति हाम्रो प्राथमिकता हो । तर, सुरक्षाजन्य तरिकाबाट मधेसमा शान्ति आउँछ भन्ने हामीलाई लाग्दैन, राजनीतिक समाधान खोजियो भने मात्रै यो सम्भव छ ।’   भारतको यस्तो तयारीले पनि अब नेपालमा छिट्टै र तत्काल भारत नाका खुलाउन तयार छैन भन्ने देखिएको छ । तराईका विभिन्न दललाई उचालेर सद्भाव विथोल्ने र त्यसैलाई निहु बनाउँदै आन्तरिक सुरक्षाको कारण देखाएर नाकाबन्दी घोषित रुपमा नै गर्नेसम्मको तयारीमा भारत पुगेको उसका गतिविधिले देखाएको छ । होइन भने औषधीसमेत नपाएर बिरामी मर्नुपर्ने, एम्बुलेन्सबाट खोसेर पिट्ने, पेट्रोल छर्केर मानिसहरुलाई आगो लगाउने, औषधीको गाडीमा बम प्रहार गर्ने जस्ता जघन्य अपराध मधेसी मोर्चाबाट भइरहँदा भारतले चुँसम्म गरेको छैन ।   उल्टै भारतीय प्रहरीले नेपालमा आइ नेपालीमाथि गोली चलाउदासमेत गोलमटोल जवाफ दिएको छ । मधेसीका पक्षमा खुलेरै कुरा राख्ने भारतीय पक्षले मानवीय संवदेनायुक्त ती घटनामा केही नबन्नु र आन्दोलनरत दलहरु झन् आक्रामक बन्दै जानुले भारतीय भूमिका रहस्यपूर्ण रहेको बताइन्छ । साथै, केही दलहरुले मधेसमा फौजी तयारी गरिरहेको, प्रहरीलाई तराईबाट धपाउने प्रयास गरेको र जे सुकै माग पूरा गरिए पनि एउटा पक्षले आन्दोलन गरिहरने र भारतले त्यसलाई निहुँ बनाएर नेपाललाई अस्थिरतमा नै छोड्न चाहेको जस्ता समाचार आउन थालेका छन् । यी विषय आफैंमा गम्भीर हुन् ।   अहिले नेपालमा जति इन्धन सरकारले ल्याउन सकेको छ । त्यो भन्दा बढी कालोबजारीबाट आएको छ । सोही कारण काठमाडौंमा नाकाबन्दी देखिनेगरी नपरेको देखिन्छ । गाडीहरु निर्वाधचलेका छन्, कतिपय सडकमा जाम छ । यसैलाई देखाउँदै भारतीय राजदुतले नाकाबन्दी भइरहेको छैन भनेका छन् । तर, अहिले भइरहेको कालोबजारी, कमिसनखोर प्रवृत्तिका कारण यस्तो भएको देखिन्छ । सरकारले ल्याउने भन्दा धेरै इन्धन ब्ल्याकमा काठमाडौंमा भित्रिएको छ । तर, प्रहरीले अब मुकदर्शक भएर नबस्ने देखिएको छ । उसले सक्रियतापूर्वक इन्धन समात्न थालिसकेको छ । र, अबका एक हप्तामा नाकाबन्दीको प्रभाव काठमाडौंमा उस्तै देखिने सुरक्षास्रोतको आँकलन छ । पहिले ब्ल्याकको तेल ल्याउन सरकारले नरोके पनि अहिले पनि तीव्र कालोबजारी देखिएपछि बाध्य भएर सरकार यस्तो रोक्ने तयारीमा पुगेको हो ।   यसरी घोषित रुपमै भारतले नाकाबन्दी त लगाउन सक्दैन । तर, अन्तर्राष्ट्रिय कुटनीतिक पहुँचको दुरुपयोग गरी भारतले यी कदम नचाल्ला भन्न सकिंदैन । जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्रीलाई विश्वासमा लिए । त्यसैगरी अरु विश्वसमुदायलाई पनि यसैगरी विश्वासमा लिन सक्ने देखिन्छ । यसको ठीक विपरीत नेपालका शक्तिहरु भने विभाजित छ । सरकारको प्रयास कुटनीतिक, राजनीतिक र संकट समाधानको विकल्प खोज्नमा कमजोर मात्रै होइन साह्रै न्यून देखिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस महाधिवेशनसम्म यत्तिकै अराजकता मच्चियोस् भन्ने चाहन्छ । भारतको यस्ते तयारीप्रति नेपालले अब कसरी त्यसको सामना गर्छ हाेला ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy