Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

महाभूकम्पको सात महिना हुँदा पनि पुनर्निर्माणको काम अन्यौलमै

सिन्धुपाल्चोक । बैशाखमा गएको विनाशकारी भुकम्प गएको सात महिना पुगेको छ । तर पनि अहिलेसम्म पुननिर्माणको काम अझै अन्यौलमा नै परेको छ । भूकम्पपछि घरबार बिहिन भएकाहरु ७ महिनादेखि त्रिपाल र जस्तापाताको टहरोमा बस्दै आएका छन् । यस्तो हुँदासमेत सरकारी पक्षबाट हुन भनिएको पुनर्निर्माणको काम अन्यौलमै परेको छ । सरकारी पक्ष अहिलको यस्तो भूकम्पको पीडा भुलेर आफ्नै काममा भुलेर बसेको छ । \"Bhukampa-kathmandu13-650x366\"पुनर्निर्माण योजना आयोगले नै यसको जिम्मा लिएको भएता पनि उसले तत्काल रुपमा काम गर्ने बताए पनि अहिलेसम्म पनि कुनै कदम चलाएको छैन । पीडित भने ७ महिनादेखि टहरोमा नै बसेर कहिले बर्षाको पानीको भेल र अहिले हिउँदको चिसोमा कष्टकर जीवन गुजारा गरिरहेका छन् । पीडितले यस्तो कष्टकर जिवन गुजारा गर्दा समेत सरकारी पक्ष आँखामा पट्टी बाधेर बसेको छ । बस्ती सार्न जग्गाकोे पहिचान गरी सो स्थानमा  घर बनाउँन हुुने वा हेरेर मात्र घर बनाउँन पर्ने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंकप्रसाद गौतमले बताए । ‘सरकारले अहिलेसम्म १७ वटा घरको डिजाईन गरेको छ’ उनले भने । भूकम्प गएको यति लामोे समयसम्म पनि सरकारले एउटा त्रिपाल र अस्थायी आवासको लागि भने १५ हजार रुपैयाँ भन्दा अरु केहि दिन नसकेको सिन्धुपाल्चोक जिल्लाका स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताए । सरकारले अब छिट्टै पक्की घरको लागि २ लाख दिने उनले बताए । दुई लाख पीडितलाई दिने काम अहिले अन्तीम चरणमा पुगेको छ । पीडितको हातमा स्थायी र भूकम्प प्रतिरोधात्मक घर बनाउनको लागि २ लाख रुपैयाँ लैजानको लागि पुनर्निर्माण योजनना आयोगले काम गरिरहेको बताए । नेपाल सरकारको मन्त्री परिषद्बाट पारित भई पूनर्निर्माण कार्यविधि प्राप्त गर्न डिभिजन कार्यालयको प्रमुख रहने गरी गठन भएको छ । सरकारले डिजाई गरेको घर २ लाखदेखि २५ लाख सम्ममा बनाउन सकिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गौतमले बताए । ‘हामीहरुले उपयुक्त ठाउँको एकिन गरेर मात्र घर बनाउन भनेपछि मात्र पिडितहरुले पक्की घर निर्माण गर्न आग्रह गरे ।’ घर बनाउन सरकारी इन्जिनियरहरुले आएर घरको डिजाइन गरेर मात्र घर बनाएपछि सरकारी अनुदान रकम पाउने समेत बताए । ढुङ्गामाटोको परम्परागत घरहरु भुकम्प प्रतिरोधि नहुने भएकाले यस्तो कच्ची घर नबनाउन स्थानीय विकास अधिकारी शाहीले सबैलाई आग्रह गरेका छन् । ‘अहिलेको अवस्थामा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले कहाँ घर बनाउदा उपयुक्त हुने भनेर जानकारी गराउदा समस्या भएको छ ।’ पक्की ठाउँको पहिचान गर्न नसक्दा अहिले अर्को समस्या थपिएको छ । स्थानीयहरुलाई पक्की ठाउँमा स्थानान्तरण गर्नको लागि उपयुक्त वातावरण मिलाउन नसक्दा र आफ्नो ठाउँ छाड्न स्थानीयले नमान्दा अर्को ठूलो समस्या भएको शाहीले बताएका छन् । दुई लाख रुपैयाँ पनि चार किस्ता गरी आउने र पहिलो किस्ताको काम भनेको जस्तो प्रभावकारी तवरले भएमा मात्र दास्रो तेस्रो किस्ता आउने उनले बताए । अनुदान रकम लिनेले शौलिएत ऋण लिन नपाउने समेत जानकारी गराए । पुनर्निर्माणको कामलाई छिटो सञ्चालन गर्नलाई जिल्ला दैवि उद्धार समितिले निरन्तर पहल गरिरहेको समेत बताए । उता सरकारले पूननिर्माणको काम छिटो गर्न नसक्दा आफुले पुरानै संरचनाको घर बनाउन बाध्य भएको भोटसिपा ५ का धनहादुर थापाले बताए । ‘सरकारले सात महिना पुग्दा समेत स्थायी घर बनाउन कुनै पहल नगरेकाले आफूले पुरानै संरचनाको घर बनाएको छु,’ थापाले भने, ‘सरकारले २ लाख अनुदान रकम लिनेलाई सहुलियत ऋण लिन नपाउने भएपछि सोचेको जस्तो घर बनाउन पाइएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies