Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

निगमका कार्यकारी निर्देशक खड्कालाई किन बचाउन खोज्दैछ अख्तियार ?

\"Lokman_singh_Karki\"काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका कर्तुतहरु एकपछि अर्को सार्वजनिक भइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने खड्काको बचाउ गर्न लागि परेको छ ।   विराट आयलदेखि भलबारी काण्डसम्मका घटना सार्वजनिक भएपछि आयल निगम सञ्चालक समितिको बोर्ड बैठकको निर्णयअनुसार बोर्ड अध्यक्षले निगमका कार्यकारी निर्देशक खड्कालाई स्पष्टीकरण लिई कारबाही प्रक्रिया अगाडि बढाएपछि अख्तियार खड्काको बचाउ गर्न लागि परेको हो ।   बजार अनुगमनका विषयमा अख्तियारले आइतबार गरेको पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता कृष्णहरी पुष्कर बजार अनुगमन र कालाबजारीभन्दा पनि निगमका कार्यकारी अध्यक्ष खड्कामाथि निगमको बोर्डले लिएको स्पष्टीकरणपछि रुष्ट देखिए ।   आपूर्ति मन्त्री गणेशमान पुनको सचिवालयले खड्कासँग स्पष्टीकरण लिनु प्रक्रियाविपरीत भएको बताए । कारबाही र अनुसन्धान कानून बमोजिम हुनुपर्ने भन्दै उनले सचिवालयले स्पष्टीकरण लिएर बेथिति निम्त्याएको आरोप थियो । तर  निगम निर्देशक खड्काले गलत नियतका कामहरु छताछुल्ल भएपछि निगम बोर्डको निर्णय अनुसार नै बोर्डले अध्यक्ष खड्कासँग स्पष्टीकरण लिएको थियो ।   निगमका कार्यकारी अध्यक्ष खड्काले पेट्रोलियम आयातमा अनियमितता तथा मनोमानी इन्धन बाँड्न सिफारिस गरेपछि उनलाई निगम सञ्चालक समितिले दुई दिनको समय दिएर शुक्रबार स्पष्टीकरण लिएको थियो ।   कालोसूचिमा रहेको विराट पेट्रोलियमलाई अनुमति   नेपालमा नयाँ संविधान जारी भएपछि भारतले मधेस मामिलालाई लिएर नाकाबन्दी गरिरहेको छ । नाकाबन्दीका कारण चरम इन्धन संकट भएपछि वैकल्पिक उपाय स्वरुप अन्य मुलुकबाट भए पनि इन्धन आयात गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको थियो ।   सरकारकै निर्णयअनुसार नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई लक्षित गर्दै १५ दिनका लागि निगमले ग्लोबल टेण्डर आह्वान गर्यो । निगम निर्देशक खड्काले कालोसूचिमा रहेको विराट पेट्रोलियमलाई पेट्रोलिय पदार्थ आयातका लागि अनुमति दिँदै १८ करोड रुपैयाँ निकासा दिए ।   नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्काले कालोसूचिमा परेको विराट पेट्रोलियमलाई आयातको अनुमति दिएपछि विवादित बन्न पुग्यो । खड्काले कमिशनको चक्करमा यस्तो निर्णय गरेपछि उनका कर्तुतहरु एकपछि अर्को खुल्दै गयो ।   यस्तै निगम कार्यकारी निर्देशक खड्काले अनुमति दिएका अन्य कम्पनीहरु विवादित नै थिए । उनले अनुमति दिएको भगवती टे«डर्स पनि विवादित नै थियो । भगवती टे«डर्सका शम्भु भारती सुडान घोटाला काण्डमा अदालतबाट भ्रष्टचार प्रमाणित भएका भ्रष्ट हुन् ।   अख्तियार प्रमुख लोकमानको संलग्नता खड्काले एकपछि अर्को विवावस्पद काम तथा अनियमितता गर्दा समेत उनको बचाउ गर्न अख्तियार लागेपछि अख्तियार प्रमुख कार्कीकोसमेत यी विभिन्न ठाउँमा संलग्न रहेको खुलासा भएको छ ।   निगम सञ्चालक समितिले नै खड्काको एकपछि अर्को बदमासीको कारण कारबाही प्रक्रिया अघि बढाउनु स्वभाविक थियो । तर खड्कालाई कारबाही गर्न लागिएकोमा भने अख्तियारले किन अवरोध सिर्जना गर्न खोजेको होला त ? शम्भु भारती अख्तियार प्रमुख लोकमान सिंह कार्कीका आफन्त हुन् । लोकमानको आफन्त भएकै कारण पनि उनी भारतीको पक्षमा रहेको सम्बद्ध स्रोतको भनाई छ ।   इन्धन आयातका लागि विवादित कम्पनीलाई निगम कार्यकारी निर्देशक खड्काले अनुमति दिने काम मात्र गरेनन्, भैरहवाको भलवारी डिपोमा पनि खड्काकै अनियमितता देखियो । प्रहरीले पक्राउ गरेको ट्याङ्कर खड्काकै निर्देशनमा काठमाडौंको हामा पेट्रोल पम्प मार्फत एक  निजी कम्पनिलाई दिइदै गरेको खुलासा भएको थियो ।   अख्तियार प्रवक्ता कृष्णहरी पुष्कर भने अख्तियार कसैप्रति पूर्वाग्रही नरहेको बताउँछन् । ‘हामीहरु कसैप्रति पूर्वाग्रही छैनौं, प्रक्रियासंगत ढंगले काम नभएकोमा मात्रै हाम्रो गुनासो हो,’ उनले थपे, ‘मन्त्रीको निजी सचिवालयले स्पष्टीकरण लिने काुननी प्रावधान छैन मात्र भनेका हौं ।’ उनले आफूले भनेको कुरालाई बंग्याएर समाचार बनाइएको आरोप समेत लगाए ।   तर मन्त्रालयका अनुसार सचिवालयले नभई सो प्रकरणमा आयल निगमकै निर्देशक खड्काको निर्णयअनुसार भएको थियो ।   डिभिजन सडक कार्यालय काठमाडौंको प्रमुख रहेका खड्का अवकाशपछि पूर्व आपूर्तिमन्त्री सुनिलबहादुर थापाको पालामा आयल निगममा नियुक्ति पाएका हुन् । डिभिजन सडक कार्यालय काठमाडौंको प्रमु्ख हुँदा पनि खड्का लाखौं अनियमितताका घटनामा मुछिएका थिए ।   खड्का आयल निगमको नियम अनुसार खुल्ला प्रतिष्पर्धाबाट छनौट भएका ५ जनालाई उछिन्दै मन्त्रीपरिषदबाट नियुक्त भएका हुन् । खड्काको उक्त नियुक्ति नै आजसम्म विवादीत रहेको छ भने खुल्ला प्रतिष्पर्धाबाट छनौट भएका ५ जना प्रतिस्पर्धीहरुका बारेमा कुनै निर्णय भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending