काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन झन् कडा पार्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जस्थित भन्सार नाकामा धर्ना जारी राखेको मोर्चाले अबदेखि विराटनगरस्थित रानी भन्सार नाकामा पनि धर्ना बसेर आवत–जावत ठप्प पार्ने निर्णय गरेको छ ।
[caption id=\"attachment_48284\" align=\"alignleft\" width=\"500\"] फाइल फोटो[/caption]पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न मोरङको विराटनगरस्थित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा मोर्चाका नेताहरुको बैठक बसेको थियो । मोर्चामा आबद्ध तमलोपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलहरुसँग वार्तामा बसिरहेकाबेला मोर्चाका अन्य नेताहरु विराटनगर बैठकमा थिए ।
‘भारतसित सीमा जोडिएको विराटनगरको रानी नाकामा अत्याधिक जनसहभागीतामा धर्ना दिइने छ, आन्दोलन अझै व्यवस्थित र कडा पार्ने निर्णय गरेका छौं,’ बैठकपछि फोरम अध्यक्ष यादवले भने ।
मोर्चाले विरगन्ज लगायतका पश्चिमका नाकामा धर्ना भईरहेका बेला पुर्वी नाका खुकुलो भएको भन्दै कडाई गर्ने निर्णय गरेको हो । रानीनाकामा धर्ना दिनका लागि सुनसरी, मोरङ लगायतका जिल्लाहरुबाट जनसहभागिता जुटाउने मोर्चाले निर्णय गरेको छ ।
बैठकमा मोर्चाका स्थानीयस्तरका नेताहरूले शीर्ष नेता नै धर्ना बस्नुपर्ने बताएका थिए । बैठकमा फोरम नेपालका अध्यक्ष यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोले नाकामा आफूहरू नै धर्ना बस्ने बताएका थिए । बैठकमा तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: