Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

भक्तपुरमा औषधिको चरम अभाव

\"Medicine\"भक्तपुर । भारतीय नाकाबन्दीका कारण भक्तपुरमा औषधि चरम अभाव भएको छ । जिल्लामा जटिल रोगदेखि झाडापखालाको औषधिको समेत चरम अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको औषधि भण्डारण कक्षा रित्तिएको छ भने औषधिको बढ्दो माग भए पनि कार्यालयले औषधि दिन सकेको छैन । ‘एक त भारतीय नाकाबन्दीका कारण औषधि आयात ठप्पै भयो’ – कार्यालयका भण्डारण शाखाका प्रमुख यादवप्रसाद मिश्रले भने –‘अर्कोतर्फ कार्यालयले बजेट अभावका कारण विगत तीन वर्षयता औषधि र स्वास्थ्य परीक्षण गर्ने सामग्रीसमेत किन्न सकेको छैन, त्यसैले पनि औषधि अभाव भयो ।’ कार्यालयले जिल्लाको १९ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन नगर जनस्वास्थ्य केन्द्रलाई औषधि वितरण गर्दै आएको छ । ती स्वास्थ्य केन्द्रबाट प्रतिमहिना विभिन्न रोगको करिब ४० देखि ५० हजार ट्याबलेट औषधि माग हुने गरेकामा अहिले प्रतिमहिना मुस्किलले छ हजार ट्याबलेट औषधिमात्र वितरण गरिरहेको छ । ती केन्द्रलाई सामान्य सिरिन्जदेखि विपी इक्युपमेन्टलगायतका सामानसमेत दिन सकेको छैन । मिश्र भन्छन् –‘विपी इक्युपमेन्ट लगायतका सामान माग भए पनि दिन सकिएको छैन, कैयौं वर्ष पुराना सामानले काम चलाउ भएको छ ।’ जाडोयाममा ज्येष्ठ नागरिकमा बढी समस्या देखिने श्वासप्रश्वास, दम र अन्यमा समेत देखिने आँखा, एलर्जी, छाला, ग्यास्ट्रिक, एन्टिबायोटिक, झाडापखालालगायतका औषधिको समेत  चरम अभाव भएको कार्यालयको भनाइ छ । सरकारले जनस्वास्थ्य कार्यालयमार्फत निःशुल्क बाँडिदै आएका ७० प्रकारका औषधि र मेडिसिन प्राविधिक सामग्री समेत सकिएको छ । कार्यालय भण्डारण शाखाकी फर्मासिस्ट एलिसा भोमीले सामान्य चार प्रकारको औषधि पनि समय सकिएका औषधि रहेको बताए । उनले भने –‘विभिन्न ठाउँबाट ल्याएका औषधि पनि एक महिनासम्म मात्रै डेट भएका छन्, औषधिको नाममा अब सिटामोल, आइरन चक्की, बी कम्प्लेक्स र जीवनजल मात्रै पाँच महिनासम्मलाई पुग्ने छ, अरु औषधि छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy