Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कांग्रेस, मधेसी मोर्चा र भारतको लाइन एउटै– जसरी हुन्छ ओली सरकार ढाल्ने

\"kpoli\"काठमाडौं । सोमबार निर्णायक हुने भनिएको मधेसी मोर्चा र सरकारविचको वार्ता कांग्रेसका कारण भड्किएको आशंका एमाले र एमाओवादी नेताहरुले गरेका छन् ।   कांग्रेस मधेसमा गएर मोर्चासँग संयुक्त आन्दोलन गर्ने तर वार्ताको टेबलमा भने भड्काउने नियतबाट प्रस्तुत भइरहेको उनिहरुको निष्कर्ष छ ।   सोमबार निर्णायक हुने भनिएको बैठकमा मोर्चाप्रति यसअघि कडा रबैया देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली नरम रुपमा प्रस्तुत भएका थिए भने सुरुबाटै मधेस आन्दोलनप्रति सद्भाव राख्दै आएका एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड पनि जसरी भएपनि समस्या सम्बोधन गर्न अग्रसर भएका थिए । बैठक स्रोतका अनुसार बैठकप्रति नै उदासिन कांग्रेसले मधेसी मोचासँग भएको ११ बुँदे सहमति नै आफूलाई थाहा नभएको भनिदिएपछि मोर्चाका नेताहरु रिसाएका थिए ।   उसो त कांग्रेस नेताहरु यसअघि पनि दोहोरो चरित्रमा देखिदै आएका थिए । नयाँ संविधान निर्माणको मस्यौदा समितिका सभापति समेत रहेका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला जसरी संविधान निर्माण एकाग्र भएर लागेका थिए अहिले उनै ‘अहिलेको संविधानबाट मुलुकले स्थायीत्व पाउन नसक्ने’ भन्न थालेका छन् ।   कांग्रेसको भित्रि नियत भनेको मधेसवादी मोर्चासँग संवादबाट विषय मिल्न नदिने र त्यो नमिलेसम्म नाकाबन्दी नखुल्ने भएकोले यसै विषयलाई लम्ब्याएर सरकार ढाल्न उद्धत रहेको एमालेका उच्च एक नेताले बताए । उनी भन्छन्, –‘अहिले भारत, मोर्चाका केही नेता र कांग्रेस एउटै योजनामा छन्, मधेसी मोर्चासँग सहमति हुन नदिने र ओली सरकार ढाल्ने’ ।   उनको बुझाई मधेस समस्या लम्बिदैँ जादा नाकाबन्दी पनि लम्बिने र अन्तत जनता सरकारका विरुद्धमा खडा हुने बुझाईमा कांग्रेस र भारत छन् । सोही नियतबाट मोर्चाको आन्दोलन, भारत र कांग्रेस लागिरहेको आरोप समेत उनले लगाए । भारत सरकार गठनदेखि नै ओली नेतृत्वसँग बेखुश छ भने मोर्चा ओलीसँग झण्डै सत्रुतापूर्ण सम्बन्धको अवस्थामा छ ।   कांग्रेस, भारत र मोर्चाको सरकार ढाल्ने योजनालाई काउन्टर हुने गरी सत्तापक्षले १६ गतेको बैठकमा ठोस प्रस्ताव ल्याउने तयारी भईरहेको समेत उनले बताए । त्यो ठोस प्रस्तावको बारेमा सरकारघटक दलहरुसँगको छलफल पछि मात्रै तय हुनेसमेत उनको दावा थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE