Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

चीनसँगको नाका सुचारु गर्न संसदीय टोली सक्रिय , टोली आज कोरलानाका पुग्यो

\"mustang\"मुस्ताङ । चीनसँग सीमा जोडिएको  कोरला नाकाको अवस्था अध्ययन गर्न गएको संसदीय टोलीले आज बिहान नाकाको वस्तुस्थितिबारे अनुगमन गरेको छ । व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारी र सुरक्षा अधिकारीसहितको टोली सोमबार सदरमुकाम जोमसोम हुँदै सीमाक्षेत्र प्रस्थान गरेका थिए । त्यसतर्फ जानुअघि टोलीले सदरमुकाम जोमसोममा सरोकार भएका निकायका प्रतिनिधिसँग अनौपचारिक छलफल गरेका थिए । भारतीय नाकाबन्दीका कारण देशभर इन्धन, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्रीको चरम अभाव भइरहेका सन्दर्भमा नाका सञ्चालन गर्न संसदीय टोली सक्रिय बनेको छ । टोलीले नाकाको अवस्था, सञ्चालन गर्नका लागि तयार गर्नुपर्ने पूर्वाधार, सडक तथा चिनियाँ पक्षको सुरक्षा चासोको विषयमा अनुगमन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । ‘टोलीले यस क्षेत्रको सबै कुराको अध्ययन गरेको छ, आजै सदरमुकाम जोमसोम फर्कने कार्यक्रम छ’  शेरचनले भने। संसदीय विकास समितिले यसअघि रसुवाको केरुङ नाकाका बारेमा पनि अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ । बाह्र वर्षदेखि बन्द अवस्थामा रहेको कोरला नाकासम्म कालीगण्डकी करिडोर अन्तर्गत सडकको पहुँच पुगेको छ । चिनियाँ पक्षको सुरक्षा चासोलाई सम्बोधन गर्न सके सरकारका लागि सामान आयात निर्यातका लागि कोरला भरपर्दो नाका हुने बताइएको छ । टोलीले बुधबार जोमसोममा बृहत् अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको बताइएको छ । ‘हामीले यसको विस्तृत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छौँ, त्यसका लागि स्थानीयस्तरदेखि माथिल्लो तहसम्म छलफल गर्नेछौँ ’ समितिका सभापति अधिकारीले भने उपल्लो मुस्ताङका– ६ गाविसका सर्वसाधारणलाई निर्बाध रुपमा आवतजावतको व्यवस्था भए पनि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ । वर्षको दुई पटक आयोजना हुने द्विदेशीय व्यापार मेला पनि अहिले चिनियाँ पक्षकै कारण वर्षमा एक पटक मात्रै हुँदै आएको छ । प्रजिअ अधिकारीले संसदीय समितिको चासोपछि स्थानीयवासी उत्साहित भएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy