बाबुराम भट्टराईको प्रश्न : भारतलाई के आश्वासन दिइएको थियो ? जानेहरुले जवाफ दिनुपर्छ !
मंसिर १८ गते, २०७२ शुक्रवार 4th December, 2015 Fri१३:२३:०८ मा प्रकाशित
काठमाडौं । नयाँ शक्ति निर्माण अभियानका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुले संविधान जारी हुनु अघि भारतलाई दिएको आश्वासन पूरा नभएको कारण अहिलेको समस्या उत्पन्न भएको बताएका छन् ।
उनले नेपालका नेताहरुले भारतीय शासकहरुलाई दिएको आश्वासनका बारेमा जनतालाई स्पष्ट पानुपर्ने बताएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधनगर्दै डा. भट्टराईले भने– ‘पटक–पटक अखबारमा आएको छ यहाँका नेताहरुले दिल्लीका शासकहरुलाई विभिन्न प्रकारका आश्वासन दिनुभएको थियो भनेर । त्यसो भए उहाँहरुले भन्नु प¥र्यो जनतालाई । जो आफूलाई राष्ट्रवादी भनिराख्नुभएको छ र हाम्रो देशभक्तिमाथि प्रश्न उठाइराख्नुभएको छ, उहाँहरुले जवाफ दिनुप¥यो । दिल्लीमा गएर उहाँहरुले के आश्वासन दिएर आउनुभएको थियो ? खासगरी संविधान जारी गर्ने अन्तिम बेलामा शेरबहादुर देउवा दिल्ली गएर के आश्वासन दिनुभएको थियो ? कमरेड प्रचण्डजीले दिल्ली गएर के आश्वासन दिनुभएको थियो भारतीय शासक वर्गलाई ? नेपाली जनतालाई बताइदिनुप¥यो ।’
काठमाडौंको शासक र मधेसका आन्दोलनकारीको बीचमा दुई कोणीय संघर्ष भएको र त्यसको बीचमा दिल्ली पनि चाहेर र नचाहेर मुछिएको उनले बताए।
डा. भट्टराईले भारतीय पक्ष आएर जोडिनु दुखद् भएको बताए । उनले भने– ‘सत्ताको निम्ति दिल्लीमा गएर, भन्न हुने र नहुने, गर्न हुने र नहुने काम गर्ने अनि यहाँ आएर राष्ट्रवादका खोक्रा नारा लगाउने मानिसहरुले जवाफ दिनुपर्छ । भारतसँगको के कुराले यो अप्रिय ढंगले नाकाबन्दी भयो त्यो भन्नुपर्यो उहाँहरुले । उहाँहरुले के भन्नुभएको थियो र भारतीय शासक किन रिसायो उहाँहरुसँग ? उहाँहरुसँगको रिसको कारणले गर्दा नेपाली जनताले दुस्ख पाउनुपर्ने ? तपाईं–हामीले तेल र ग्यास नपाएर भोक–भोकै हाम्रा बच्चाहरु बस्नुपर्ने ? हाम्रा छोरा–छोरीहरुका चार–चार महिनासम्म स्कुल बन्द हुनुपर्ने ? केही मान्छेका स्वार्थका कारणले गर्दा । अनि अहिले उनीहरुले नै अहिले राष्ट्रियताका खोक्रा नारा लगाएर हामीमाथि हिलो छ्याप्ने र जनतालाई भ्रम दिने ? यो कुरालाई उहाँहरुले प्रस्ट पार्नुपर्छ ।’
उनले आफू जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दाखेरीे पेस गरेको ९ सय पेजको थेसिस पढ्न समेत आग्रह गरे । उनले नेपाल पछाडि पर्नुको कारण यहाँको सामन्ती शासक वर्गको उत्पीडन, एकात्मक राज्यसत्ता, सामन्ती राज्यसत्ता भएको र अर्को सुगौली सन्धिदेखि यता त्यतिबेलाका अंग्रेज र अंग्रेज गएपछि भारतीय एकाधिकार पुँजीवादको नेपालसँग प्रभुत्व–पराश्रयको सम्बन्ध बन्यो त्यो कारणले गर्दा नेपाल पछाडि उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: