मंसिर १८ गते, २०७२ शुक्रवार 4th December, 2015 Fri१६:१३:४० मा प्रकाशित
[caption id=\"attachment_48187\" align=\"alignleft\" width=\"650\"] file photo[/caption]
काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग निर्णायक छलफल हुने भनिएको महिनौं भइसक्यो । कहिले सत्तारुढ घटकहरुबीच, कहिले द्विपक्षीय र कहिले त्रिपक्षीय वार्ताहरु भए ।
सधैंजसोको वार्ता शुरु हुनुभन्दा अघि दलहरुले अव निर्णायक वार्ता हुने भन्दै हौवा पिट्ने गरेका छन् । तर प्रमुख राजनीतिक दलहरु र मोर्चाबीच विवादित मुख्य विषयमा छलफल हुन सकेकै छैन ।
मोर्चाको माग स्पष्ट नभएको भन्दै दलहरुले भन्दै आएकोमा पछिल्लो पटक मोर्चाले आफ्ना मागहरु बुँदागत रुपमा नै दलहरुलाई पेश गरेको छ । मोर्चाको लिखित अवधारणा आएपछि प्रमुख तीन राजनीतिक दलहरुले पनि साझा धारणा बनाएपछि वैठक निश्कर्षमा पुग्ने नेताहरुले बताउँदै आएका थिए ।
विहीबार साँझ मात्रै प्रमुख तीन दलबीच मधेसी दलको मागका विषयमा साझा धारणा बनेको नेताहरुले बताए । तर दलहरुले साझा धारणा बनेको बताए पनि प्रमुख दलहरुभित्रै मुख्य विषयमा कचिंगल रहेको स्रोतले बताएको छ ।
प्रमुख दलहरुबीच सीमाकंनको विषयमा समेत साझा धारणा बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरबाटै मोर्चासँगको वार्ता मिति सार्वजनिक गरे । प्रधानमन्त्री ओलीको आधिकारित ट्वीट पछि शुक्रबार निर्णायक वार्ता हुने खबरहरु सनसनी फैलियो ।
दोषी को ?
पहिलो पटक सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मोर्चाबीच वार्ता भए पनि वार्ता चियागफमै टुंगियो । तर पनि नेताहरुले मोर्चासँगको त्रिपक्षीय वार्ता सकारात्मक भएको भन्दै झ्याली पिटे । मधेसी मोर्चाका वार्ता समिति सदस्यहरुले भने त्रिपक्षीय वार्ता चिया विस्कुट खाने काम मात्रै भएको भन्दै आलोचना गरे ।
मोर्चाको लिखित माग आएपछि प्रमुख तीन दलको साझा धारणा बनेपछि समस्या सुल्झिने धेरैको अपेक्षा थियो । तर प्रमुख दलहरुबीच साझा धारणा बनेको बताइए पनि मोर्चाको वार्ता नै निश्चित हुन सकेको छैन । मोर्चासँगको निर्णायक वार्ता हुने तय गरिएको समयसम्म पनि मोर्चाले वार्ताको निम्तो नै नपाएको प्रतिक्रिया दिए ।
दलहरुबीचको सहमति नजिक नजिक पुगेको बताइए पनि किन छलफल हुन सकिरहेको छैन त भन्ने आम चासोको विषय बन्न थालेको छ । वास्तावमा मोर्चा नै वार्तामा आउन नचाहेको हो वा दलहरु भन्ने प्रश्न उठ्न थालेको छ ।
दलहरु अनौपचारिक छलफलमा
मोर्चा र प्रमुख दलहरुबीच शुक्रबार हुने भनिएको निर्णायक वार्ताको छाँट नदेखिपछि प्रमुख दलहरुले फेरि अनौपचारिक छलफल थालेका छन् । शुक्रबार पाँच बजे मोर्चासँग वार्ता हुने भने पनि मोर्चाले वार्ताबारे जानकारी नै नभएको बताएपछि बेलुका ६ बजे प्रमुख दलहरु पुनः अनौपचारिक छलफलमा जुट्दैछन् ।
औपचारिक वार्ता नहुने भएपछि प्रमुख दलहरु र मोर्चाका नेताहरुसमेतको अनौपचारिक छलफल गर्ने नेताहरुको तयारी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: