Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

एमाओवादी नेता पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न

पोखरा । एकीकृत माओवादी कास्कीका पूर्व जिल्ला समिति सदस्य एवम् स्थापित नेता चन्द्रकान्त पौडेलको श्रद्धाञ्जली सभा मंगलबार कास्कीको हेम्जामा एक कार्यक्रमबीच सम्पन्न भएको छ। एमाओवादी हेम्जाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमका वक्ताहरुले पौडेलको जीवनका विविध आयामबारे चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै एमाओवादीका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले ‘पौडेलको जीवन आमूल परिवर्तनको सपनाको खोजीमा बितेको’ बताए । स्वर्गीय नेता पौडेलको व्यक्तित्वबारे चर्चा गर्दै बरालले भने, ‘चन्द्रकान्त पौडेलको सपना आमूल परिवर्तन थियो। उहाँको सम्पूर्ण जीवन नै परिवर्तनको खोजीमा बित्यो।’ बरालले पौडेल बहुमूखी प्रतिभाका धनी र सामाजिक व्यक्तित्व भएको बताए । उनल भने– ‘पौडेलको जीवनका विविध पक्ष छन । उहाँले राजनीतिलाई सधैं जनता र समाजको परिवर्तन र विकासको पक्षमा प्रयोग गर्नुहुन्थ्यो।’ कार्यक्रममा एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले ‘पौडेलको निधन माओवादी आन्दोलनका लागि मात्र नभएर कास्कीकै विकास र प्रगतिका लागि ठूलो क्षति भएको बताए । उनले भने, –‘चन्द्रकान्त पौडेल एमाओवादीको मात्र नेता नभइ सम्पूर्ण कास्कीबासीहरुको साझा नेता हुनुहुन्थ्यो, उहाँको निधन कास्कीकै लागि ठूलो क्षति हो।’ कार्यक्रममा नेपाली कांग्रेस हेम्जाका सभापति माधवशरण बास्तोलाले ‘पौडेल सामाजिक जीवनमा अत्यन्त परिचित र जिम्मेवार व्यक्तित्व भएको’ बताए। त्यसैगरी नेकपा एमाले हेम्जाका अध्यक्ष मिनबहादुर पराजुली थापाले ‘पौडेलको निधनले ‘हेम्जाले एक असल अभिभावक गुमाएको’ बताए। सभामा वडा सचिव ईश्वरी बास्तोलाले ‘हेम्जाको विकासमा चन्द्रकान्तको विशेष देन रहेको भन्दै पौडेलको निधनले अपुरणीय क्षति भएको’ भन्दै दुख व्यक्त गरे। कार्यक्रममा एमाओवादी नेताहरु रामराज रेग्मी, गंगा पोखरेल, दुर्गाकुमारी विक, सन्तोषी आले, दिलिपविक्रम शाही, मनहरि तिमिल्सिना, पूर्ण गिरी लगायतको उपस्थिति थियो। २००६ साल पौष २७ गते कास्कीको हेम्जामा जन्मिएका नेता पौडेलको २०७२ मंसीर १० गते उपचारका क्रममा निधन भएको थियो। लामो समयदेखि बामपन्थी आन्दोलनमा क्रियाशील पौडेल भूमिगत कालदेखि नै माओवादी आन्दोलनमा सरिक थिए । स्थानीय रुपमा निकै लोकप्रिय र विकासप्रेमी नेताको रुपमा चिनिने पौडेलका एक श्रीमति, दुई छोरा र तीन छोरी छन्। आचार्यको स्मरणमा खोज सभा एमाओवादी कास्कीले जनयुद्धको क्रममा राज्यद्धारा बेपत्ता पारिएका आनन्द आचार्यको स्मरणमा मंगलबार पोखरामा खोज सभाको आयोजना ग¥यो। एमाओवादी कास्कीको कार्यालय शिवालयचोकमा सम्पन्न खोज सभा कार्यक्रमका वक्ताहरुले ‘संक्रमणकालको अन्त्य भएपनि द्धन्द्धको प्रभावकारी समाधान नखोजिएको’ भन्दै चिन्ता व्यक्त गरे। कार्यक्रममा एमाओवादीका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले ‘संक्रमणकालको अन्त्य भएर संविधान घोषणा हुँदासम्म शान्ति प्रक्रियाले पूर्णता नपाएको’ भन्दै नागरिक दवावको आवश्यकता औल्याए। ‘संविधान बनेको छ, अब कार्यान्वयनको चरण सुरु भएको छ। तर, नागरिक दवावबिना शान्ति प्रक्रियाका मुद्धाले पूर्णता पाउने अवस्था छैन’ उनले भने। कार्यक्रममा एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले बेपत्ताहरुको खोजीका लागि सरकारले आयोग गठन गरेतापनि प्रभावकारी काम नभएको भन्दै स्थानीय दवाव आवश्यक पर्नेमा जोड दिए । त्यसैगरी एमाओवादी नेतृ दुर्गा कुमारी बिकले निरन्तरको दवावले मात्र पीडितले न्याय पाउने भन्दै ‘बेपत्ता परिवारहरुले निरन्तर खवरदारी गर्न’ अपील गरिन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy